२३ कात्तिक २०८३, सोमबार

रचनात्मक कार्य गरी १४औं स्थापना दिवस मनाउँदै सूर्यदर्शन सहकारी

२०८० जेठ ४, बिहिबार
रचनात्मक कार्य गरी १४औं स्थापना दिवस मनाउँदै सूर्यदर्शन सहकारी

झापा : दमक-६, स्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले १४औं स्थापना दिवस रचनात्मक कार्य गरी मनाउने भएको छ ।

संस्थाले स्थापना दिवसको अवसरमा खेलकुद तथा स्वास्थ्य, वातावरण तथा सरसफाई, शिक्षा, जीवन विज्ञान र वृहत रक्तदान कार्यक्रम गरी स्थापना दिवस मनाउन लागेको हो ।

स्थापना दिवस कार्यक्रम अन्तर्गत जेठ ५ गते अन्तर सदस्य ब्याटमिन्टन प्रतियोगता आयोजना गरेको छ । ३८ नं. रिजर्भ गणको कवर्डहलमा आयोजना हुने प्रतियोगितामा १६ टिम सहभागी हुने संस्थाले जनाएको छ । सोही दिन दमक उद्योग वाणिज्य संघ र ३८ नं. रिजर्भ गणबीच मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगता हुने संस्थाले जनाएको छ।

त्यस्तै जेठ ८ गते दमक बस पार्क सरसफाई, गमला तथा डष्टविन वितरण कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रमको लागि संस्थाले साथी भाई समूह दकमसँग सहकार्य गरेको छ।

जेठ १० गते विद्यार्थीहरुलाई शैक्षिक सामग्री विवरण कार्यक्रमको आयोजना गरेको छ । जेठ ११ गते जीवन विज्ञान र रुपान्तरण कार्यक्रम आयोजना गरेको छ। पशुपती मन्दिरको हलमा गुरु एल पी भानु शर्मासँगको आध्यत्मिक कार्यक्रम आयोजना गरेको संस्थाले जनाएको छ।
त्यस्तै संस्थाको स्थापना दिवसको दिन अर्थात् जेठ १३ गते बृहत रक्तदान कार्यक्रम र औपचारिक कार्यक्रम गरी स्थापना दिवस मनाउँदै छ ।

संस्थाले हरेक वर्ष रचनात्मक कार्य गरी स्थापना दिवस मनाउँदै आएको संस्थाका अध्यक्ष टिकाराज सापकोटाले जानकारी दिए । वित्तीय कारोबारमा मात्र केन्द्रीत नभई सामाजिक कार्यमा समेत संस्था क्रियाशिल रहेको अध्यक्ष सापकोटाको भनाई छ । कार्यक्रमको सक्रिय सहभागिताको लागि समेत अध्यक्ष सापकोटाले आव्हान गरेका छन् ।

सूर्यदर्शन सहकारीमा ४ हजार ८ सय ४९ जना सदस्य र कुल वासलात २ अर्ब रुपैयाँ रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण भण्डारीले जानकारी दिए । संस्थाले एटिएम कार्ड, मोबाईल बैंकिङको सेवा समेत प्रदान गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय