२३ कात्तिक २०८३, सोमबार

राष्ट्रिय सहकारी बैंक, राजविराजको संयोजकमा गणेश कुमार आश मनोनित

२०८० जेठ ३, बुधबार
राष्ट्रिय सहकारी बैंक, राजविराजको संयोजकमा गणेश कुमार आश मनोनित

काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेड, राजविराज शाखाको संयोजकमा गणेश कुमार आश मनोनित भएका छन् । बैंक सञ्चालक समितिको बैठकले आशलाई शाखा समन्वय उपसमितिको संयोजकमा मनोनित गरेको हो ।

संयोजक आश सप्तरीको राजविराज स्थित आईडियल सहकारी संस्थाका अध्यक्ष हुन् । मधेश प्रदेशकै उत्कृष्ट संस्थाको नेतृत्व गरिरहेका आश संयोजकमा मनोनित भएसँगै व्यवसाय विस्तारमा अतुलनिय योगदान रहने विश्वास बैंकले लिएको छ ।

आईडियल सहकारी संस्था मधेश प्रदेशकै नमूना सहकारीको रुपमा स्थापित छ । ११ करोड ११ लाख सेयर पुँजी रहेको संस्थाको कुम वासलात १ अर्ब १६ करोड रुपैयाँ रहेको छ । ८ करोड ३१ लाख जगेडा कोषमा रहेको छ भने तरलता १८.५१ प्रतिशत रहेको छ ।

संस्थामा १४ हजार ८० जना सदस्यको ८२ करोड ४३ लाख रुपैयाँ बचत रहेको छ ।

अभिलेख

लोकप्रिय