चन्द्रागिरि सहकारीका सदस्यलाई गणेशमानसिहं अस्पतालमा ५० प्रतिशतसम्म छुट
काठमाडौं : चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था र गणेशमानसिहं मेमोरियल स्वास्थ्य सहकारी संस्था लि.द्वारा सञ्चालित गणेशमानसिहं मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि.बीच सदस्यहरुलाई स्वास्थ्य सेवा छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
चन्द्रागिरि साकोसका अध्यक्ष योगेन्द्रकुमार कुँवर र गणेशमानसिहं अस्पतालका अध्यक्ष दिपक प्रकाश बास्कोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार चन्द्रागिरि साकोसका सदस्य, सदस्यका परिवार र समुदायका गरिब तथा असाहाय व्यक्तिहरुले स्वास्थ्य सेवा छुट प्राप्त गर्नेछन् । त्यसैगरी सामान्य शैया, ल्याव परीक्षण, एक्सरे एवं भिडियो एक्सरे, ईसिजिमा २०५ र अन्य विशेष सेवाहरु जस्तै क्याबिन, आईसियु तथा आईसियु भेन्टिलेटर, अपरेशन, ईको, मेमोग्राम, ईन्डोस्कोपी र फिजियोथेरापीमा २० प्रतिशत र औषधिमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
साथै वर्षको एक पटक होल बडी चेक अप( सामान्य तथा विशेष स्वास्थ्य प्याकेज) समेत मा ३० प्रतिशत र ७० वर्ष भन्दा माथिका सदस्यहरुलाई उल्लेखित सेवाहरु लिँदा ५० प्रतिशत छुट प्राप्त गर्नेछन् । चन्द्रागिरि साकोसका ललितपुर जिल्लाका चन्द्रागिरि सदस्यहरुलाई लक्षित गरी उक्त छुट सम्बन्धी सम्झौता गरिएको हो ।
यस अघि चैत्र २४ गते सितापाईला स्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल संग पनि संस्थाले स्वास्थ्य सेवा छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
