२३ कात्तिक २०८३, सोमबार

किसान कल्याणको स्वास्थ्य शिविरबाट एक सय बढीले लिए स्वास्थ्य लाभ

२०८० वैशाख ३०, शनिवार
किसान कल्याणको स्वास्थ्य शिविरबाट एक सय बढीले लिए स्वास्थ्य लाभ

इटहरी : किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा रामधुनी १ मा रहेको साई हस्पिटल प्रा.लि.को प्राविधिक सहयोगमा शनिबार बक्लौरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

आदर्श माध्यमिक विद्यालयमा आयोजना गरिएको स्वास्थ्य शिविरमा एक सय भन्दा बढीले स्वास्थ्य जाँच गराएका थिए । हस्पिटलको स्वास्थ्य टोलीले निःशुल्क सुगर तथा प्रेसरको जाँच गर्नुका साथै बिरामीलाई औषधी समेत निःशुल्क उपलब्ध गराएका थिए ।

किसान कल्याण साकोसले आफ्नो संस्थाको बार्षिक कार्यक्रम अन्तर्गत सदस्यहरुलाई लक्षित गरी स्वास्थ्य सिविर आयोजना गरीएको र सो बखतमा नयाँ सदस्य बन्न चाहानेहरुलाई समेत सेवा उपलव्ध गराइएको बताएको छ ।

यसैबीच किसान कल्याण बचत तथा ऋण सहकारी संस्था र साई हस्पिटल रामधुनी बीच सहकारीका सदस्यलाई छुटमा उपचार प्रदान गर्ने सम्झौता समेत भएको छ ।

सम्झौता पत्रमा साई हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक दुर्गा प्रसाद फुयाल र साकोसका तर्फबाट सञ्चालक अध्यक्ष शालिकराम ढकालले हस्ताक्षर गरेका छन् । शनिबार भएको स्वास्थ्य शिविरको समापन कार्यक्रमका बीच सम्झौतापत्र आदान प्रदान गरिएको थियो ।

सम्झौता पत्र साई हस्पिटलका तर्फबाट डिल्लिराम भण्डारी र साकोसका तर्फबाट अध्यक्ष ढकालले आदान प्रदान गरेका थिए । सम्झौता अनुसार हस्पिटलले पहिलो वर्षमा साकोसका २५ सय सदस्यलाई सौलियत कार्ड प्रदान गर्ने र छुट सेवा सञ्चालन गर्ने भएको छ।

अभिलेख

लोकप्रिय