कानुन सुधार गरेर सहकारीको समस्या समाधान गरिने, कार्यदल गठन गर्ने सरकारको निर्णय
काठमाडौं : मंगलबार बसेको मन्त्रिपरिषद् बैंठकले सहकारी सम्बद्ध कानुन सुधार गर्नका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ।
सहकारी क्षेत्रका समस्या पहिचान गरी त्यसको समाधान गर्न नीतिगत र कानुनी सुधारका लागि कार्यदल गठन गर्ने निर्णय सरकारले गरेको हो । सहकारीमा देखिएको वर्तमान समस्या पहिचान गर्ने र समस्या समाधानका लागि नीतिगत तथा कार्यान्वयन तहमा सुधार गर्न सक्ने कार्ययोजना सहितको सुझाव पेश गर्नेगरी कार्यदल बनाउने निर्णय भएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
राष्ट्रिय योजना आयोगको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयल हेर्ने सदस्यको संयोजकत्वमा कार्यदल गठन हुनेछ । उक्त कार्यदलमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सदस्य रहनेछन् । त्यस्तै कार्यदलमा अर्थ मन्त्रालयका सहसचिव, सहकारी विज्ञ पनि सदस्य रहनेछन् ।
सहकारी विभागले केही समय अघि कार्यदल गठन गर्न सक्ने कार्यविधिको मस्यौदा मन्त्रालयमा पेश गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
