बिन्धवासिनी साकोसको आयोजनामा नि:शुल्क दन्तशिविर
बनेपा (काभ्रे) : बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको भकुण्डे सेवा कार्यालय र तेमाल गाँऊपालिकाको संयुक्त आयोजनामा दन्त शिविर सम्पन्न भएको छ ।
प्रिमियर डेन्टल क्लिनिकको प्राविधिक सहयोग तेमालको पोखरी नारायणस्थान स्वास्थ्य चौकीमा संस्थाले १ दिने निःशुल्क दन्त शिविर गरेकाे हाे।
संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै तेमाल क्षेत्रका शेयर सदस्य र स्थानीय बासिन्दाहरूको दाँत सम्बन्धी समस्याको उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले तेमाल गाँऊपालिका र डेन्टल क्लिनिकसंग समन्वय र सहकार्य गरी निशुल्क दन्त शिविर संचालन गरिएको बिन्धवासिनी साकोसका प्रबन्धक के।बी। लामा स्याङ्तानले बताए ।
शिविरमा दन्त स्वास्थ्य परिक्षण, रक्तचाप प्रशिक्षण, दाँत सफा गर्ने, दाँत फुकाल्ने, बच्चाहरूको दाँतमा फ्लोराड लगाएर किरा नलाग्ने बनाउने तथा कृत्रिम दाँत सम्बन्धी परामर्श, दन्त स्वास्थ्य सम्बन्धि परामर्श दिनका साथै निशुल्क औषधि र मन्जन ब्रस वितरण गरिएको थियो ।
बिन्धवासिनी साकोस, सेवा कार्यालय ब्यवस्थापन उप समितिका संयोजक श्यामकृष्ण श्रेष्ठको अध्यक्षतामा तथा तेमाल गाँऊपालिकाका अध्यक्ष भकुण्डे तेमाल गाँऊपालिका प्रमुख चन्द्र बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न शिविरबाट १९६ जनाले सेवा लिएको संस्थाले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
