नेचुरल सहकारी १६ वर्षमा, स्तरीय एवंं विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता
काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको १६औं वर्षमा प्रवेश गरेको छ । संस्थाले आज विविध कार्यक्रम गरी स्थापना दिवस मनाउँदै छ ।
वार्षिकोत्सवको अवसरमा संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले संस्थामा आबद्ध सम्पूर्ण संस्थापक, अग्रज नेतृत्व, सञ्चालक, सदस्य, कर्मचारी, सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरेका छन् ।
‘समुदायमा पूर्ण रुपले केन्द्रित रहेर सदैव सदस्यहरूका मनोभावनाको उच्च कदर गर्दै सदस्यको हात, सदस्यलाई साथ भन्दै प्रत्येक आर्थिक, सामाजिक, सांस्कृतिक तथा सर्वोपरी उन्नयनका लागि यस संस्थाले विभिन्न परिस्थितीमा आएका उत्तारचढावहरुलाई पार गर्दै भौतिक तथा मानसिक रुपमा विक्षिप्त भईरहेको अवस्थाका वावजुत पनि सम्पूर्ण अवरोध समयानुकुल पन्छ्याउँदै वित्तीय सुरक्षाको प्रत्याभुति सुनिश्चित गर्नुमा सदस्यहरुले संस्थाप्रति देखाएको अथाहा माया, विश्वास तथा सदभावना र परिश्रमी कर्मचारी र नेतृत्व नै हो’, संस्थाद्वारा जारी आभार पत्रमा भनिएको छ, ‘स्वनियमन एवं सुशासन युक्त, समुदायमा आधारित, सदस्य केन्द्रित मुलुककै उत्कृष्ट एवं अग्रणी सहकारीको रूपमा स्थापित गर्ने लक्ष्यलाई आत्मसाथ गर्दै वित्तीय कारोबार सँगै प्रविधि मैत्री सेवा तथा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु संस्थाले गर्दै आएको छ ।’
आगामी दिनहरुमा पनि स्तरिय एवं विश्वसनिय वित्तीय सेवा प्रदान गर्दै जाने प्रतिवद्धता संस्थाले व्यक्त गरेको छ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
