२३ कात्तिक २०८३, सोमबार

सम्पत्ति बचेर बचत फिर्ता गर्ने सुमेरु सहकारीको प्रतिवद्धता

२०८० वैशाख १९, मङ्गलबार
सम्पत्ति बचेर बचत फिर्ता गर्ने सुमेरु सहकारीको प्रतिवद्धता

काठमाडौं : ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको सुमेरु बचत तथा ऋण सहकारी संस्थाले सुमेरु ग्रुपको सम्पत्ति बेचेर बचतकर्ता (सदस्य) को बचत फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

मंगलबार विज्ञप्ति नै जारी गरेर बचतकर्ताको बचत फिर्ता गर्न सम्पत्ति बेच्ने प्रतिवद्धता व्यक्त गरेको हो । संस्थाले बचतकर्तालाई धैर्य गर्न सहकारीले आग्रह गरेको हो ।

यस्तै, विज्ञप्तिमार्फत् सहकारीले सञ्चालकहरु नभागेको पनि दावी गरेको छ । विभिन्न सञ्चार माध्यमममा सहकारीका सञ्चालक भरत महर्जन लगायतका सञ्चालकहरु विदेश भागेको विषय आएपनि उनीहरु नभागेको सहकारीको दाबी छ ।

‘निक्षेपकर्ताको निक्षेप सुरक्षित गर्ने प्रयासमा लागेको बेला संचालक विदेश पलायन हुने भाग्ने जस्तो गैर जिम्मेवार कार्य संस्थाको संचालकबाट कदापी हुने छैन यस प्रति हामी हाम्रा निक्षेपकर्तालाई विश्वास र आश्वस्त हुन हार्दिक अपील गर्दछौं’, सहकारीका व्यवस्थापक धनेन्द्र कटेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

अभिलेख

लोकप्रिय