काठमाडौं आयो एकीकृत फ्रेण्डसिप, जडीबुटीमा सेवा केन्द्र खोली कारोबार शुभारम्भ
काठमाडौं : दोलखाको जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले काठमाडौंमा सेवा विस्तार गरेको छ । संस्थाले शनिबारबाट काठमाडौं सेवा केन्द्रको कारोबार शुभारम्भ गरेको हो ।
काठमाडौंको जडीबुटीमा आयोजित कारोबार शुभारम्भ, सेवा अभिमुखीकरण तथा प्रविधि साक्षरता कार्यक्रममा संस्थाका १६७ जना भन्दा बढी सदस्यहरुको उपस्थिति रहेको थियो । संस्थाको सेवाहरुको बारेमा सदस्यहरुलाई जानकारी गराउन, व्यवसयिक क्षेत्रमा ऋण लगानीको लागि सदस्यहरुलाई उत्प्रेरित गराउन र संस्थाको आर्थिक कारोबार निरन्तरता गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा संस्थाका सेवा केन्द्रका संयोजक तथा संचालक समिति सदस्य देव बहादुर श्रेष्ठले कार्यक्रमको औचित्य सहित स्वागत मन्तव्यद्धारा उपस्थित अतिथि तथा सदस्यहरुलाई स्वागत गरेका थिए ।
एकीकृत फ्रेण्डसिप साकोसका अध्यक्ष भुमिराज खड्काको अध्यक्षता, राष्ट्रिय सहकारी महासंघका संचालक समिति सदस्य एवम् संस्थाका सस्थापक सदस्य श्री डि.बी. बस्नेतको प्रमुख आतिथ्यता, पुर्व प्रतिनिधि सभा सदस्य शान्तीमाया पाख्रिनको विशिष्ट आतिथ्यता, संस्थाका सल्लाहकार टंक बहादुर जिरेल, पुर्व संचालक ढाका कुमार बस्नेत, जिरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष मधुकुमार कार्की, प्रिमियम सि.वि.एसका प्रमुख कार्यकारी अधिकृत मोहन वन, एम बैक टेक्नोलोजिसका प्रमुख व्यवसाय अधिकृत संजय महासेठ लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत राम बहादुर खत्रीले कार्यक्रममा उपस्थित सदस्यहरुलाई संस्थाद्धारा सदस्यहरुको लागि सञ्चालन गरेका सेवाहरुको अभिमुखीकरणको बारेमा प्रशिक्षण गराएका थिए । साथै संस्थाको टेक्नोलोजी पार्टनर रहेको एम बैक टेक्नोलोजिसका प्रमुख व्यवसाय अधिकृत संजय महासेठले संस्थाले सञ्चालनमा ल्याएको प्रविधिमैत्री सेवाहरु मोवाइल बैकिंङ, क्युआर कोड, चेकलेस बैकिंङ साथै सञ्चालनको क्रममा आइपर्ने समस्या तथा त्यसका लागि अपनाइएको सुरक्षाको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै पुर्व सञ्चालक ढाका कुमार बस्नेत, जिरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष मधुकुमार कार्की साथै राष्ट्रिय सहकारी महासंघका सञ्चालक समिति सदस्य एवम् संस्थाका स्थापक सदस्य श्री डि.बी. बस्नेतले संस्थालाई स्थापना कालदेखि यस अवस्थासम्म ल्याउनका लागि सहकारीका अग्रज एवम् सहकारी अभियान्तहरुकोे योगदान र सर्घष रहेको बताए । आगामी दिनमा संस्थाले सदस्यहरुलाई औषधी उपाचार, वृद्धा वृद्ध अवस्थाको सदस्यहरुको निम्ति सारथीको रुपमा अझ थप सेवा सुविधा सहित कार्यक्रम ल्याउन आफ्नो तर्फबाट आवश्यकीय सहयोग गर्नेमा प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजिकरण संस्थाका व्यवसाय तथा प्रशासन विभाग प्रमुख निर्मल कुमार कार्कीले गरेका थिए ।
एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले दोलखा जिल्लामा आठ वटा सदस्य सेवा केन्द्र, रामेछाप जिल्लामा सात वटा सदस्य सेवा केन्द्र र काठमाडौं जिल्लामा एक वटा सदस्य सेवा केन्द्रको स्थापना गरि आफ्ना सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ । संस्थाले दोलखा, रामेछाप, सिन्धुपाल्चोक र काठमाडौं जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाई सेवा विस्तार गरेको छ ।
संस्थाले प्रिमियम सफ्टवेयर र एम बैंक मोवाइल बैकिङ सेवा प्रयोग गर्दै आएको छ । संस्थाका करिब १८०० जना भन्दा बढी सदस्यले मोवाइल बैकिङ सेवा प्रयोग गर्दै आएका छन् ।
चैत्र मसान्तसम्मको संस्थाले वित्तीय विवरण अनुसार शेयरपुँजी १० करोड ६२ लाख ७५ हजार, जगेडा कोष ६ करोड १२ लाख र अन्य कोषहरू १ करोड ८७ लाख ३९ हजार रहेको छ । त्यस्तै त्यसैगरी संस्थामा ९८ करोड ७८ लाख ४२ हजार बचत संकलन भइ ८७ करोड २३ लाख ८९ हजार ऋण लगानीमा रहेको छ । संस्थामा १७.९७ अर्थात् १७ करोड ७५ लाख ६१ हजार तरलता रकम रहेको छ ।
यस अवधिमा संस्थाको कुल सम्पत्ति १ अर्ब १९ करोड ५६ लाख ८७ हजार पुगेको छ । संस्थामा ७ हजार ३८२ पुरूष, ७ हजार १७२ महिला र १०७ संस्थागत सदस्य गरी १४ हजार ६६१ सदस्य रहेका छन् । त्यसैगरी ४ हजार ४७२ जना बाल सदस्य संस्थामा आवद्ध छन् । संस्थाबाट २ हजार ३५५ जना सदस्यले विभिन्न प्रयोजनका लागि ऋण लिएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
