२३ कात्तिक २०८३, सोमबार

६० जना विद्यार्थीलाई विकू बचतको दीर्घकालीन छात्रवृत्ति प्रदान

२०८० वैशाख १४, बिहिबार
६० जना विद्यार्थीलाई विकू बचतको दीर्घकालीन छात्रवृत्ति प्रदान

काठमाडौं : विकू बचत तथा ऋण सहकारी संस्थाले आफ्नो बार्षिक नियमित कार्यक्रम अन्तर्गत ६० जना सदस्यका छोराछोरीलाई छात्रवृत्ति प्रदान गरेको छ।

संस्थाले सञ्चालन गर्दै आएको विकू दीर्घकालीन छात्रवृत्ति कार्यक्रम अन्तरगत सो छात्रवृत्ति प्रदान गरिएको हो । बालबालिकाहरुलाई वर्ष भरिको लागि आवश्यक शैक्षिक सामग्री, ड्रेस, जुत्ता, झोला र एकमुष्ठ पठनमाठन खर्च संस्थाले उपलब्ध गराउँदै आएको छ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई, नवलपुरका प्रमुख रुद्र शर्मा प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा छात्रवृत्ति प्राप्त गर्ने बालबालिकाका अभिभावकहरु मध्येबाट चन्द्र सापकोटाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा छात्रवृत्ति प्राप्त गर्ने कक्षा १० मा अध्ययनरत छात्रा आरती सापकोटाले आफ्नो अनुभूति समेत राखेका थिए।

May be an image of 4 people, dais and text

सहकारी समन्वय मञ्च गैंडाकोटका अध्यक्ष एंव संस्थाका सचिव प्रेम प्रसाद सापकोटा, गैंडाकोट नगरपालिका आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतम, विजय विकास स्रोत केन्द्रका अध्यक्ष लक्ष्मी गौतम, लेखा सुपरिवेक्षण समिति संयोजक कमल सुवेदी, विकूका संस्थापक अध्यक्ष खेमराज सापकोटा, राष्ट्रिय सहकारी बैंक लेखा सुपरिवेक्षण समिति सदस्य एंव संस्थाका निर्वतमान अध्यक्ष केशव प्रसाद सापकोटा, गणेश सेवा केन्द्रका संयोजक विर बहादुर कुमाल लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि रुद्र शर्माले विकूले गरेको छात्रवृत्तिलाई बालबालिकाको वृति विकासमा खर्च गर्न अभिभावलाई आग्रह गर्नुका साथै विद्यार्थीहरु को उज्वल भविष्यको कामना गर्दै संस्थाले गरेको यो अतुलनिय सामाजीक उत्तरदायित्व को उच्च प्रशंसा गरेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष यमुनाथ आचार्य राखेका थिए भने संस्थाका अध्यक्ष ओम प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा विभिन्न उप–समितिका पदाधिकारी, सेवाकेन्द्र व्यवस्थापन उप समितिका संयोजक, उप-संयोजक, विद्यालयका प्र.अ, अभिभावक, विद्यार्थी, कर्मचारी तथा शेयर सदस्यज्यूहरुको उल्लेखनिय उपस्तिथि रहेको थियो । कार्यक्रमको सहजिकरण संस्थाका प्रमुख अधिकृत माधव प्रसाद पौडेलले गरेका थिए।

May be an image of 8 people, dais and text

अभिलेख

लोकप्रिय