२३ कात्तिक २०८३, सोमबार

गणेशजल बहुउद्देश्यीय सहकारी पनि कालो सूचीमा

२०८० वैशाख १४, बिहिबार
गणेशजल बहुउद्देश्यीय सहकारी पनि कालो सूचीमा

काठमाडौं : गणेशजल बहुउद्देश्यीय सहकारी संस्था कालो सूचीमा परेको छ।

कर्जा सूचना केन्द्र लि. ले गणेशजल बहुउद्देश्यीय सहकारीलाई बैशाख ११ गतेदेखि कालो सूचीमा राखेको हो। संस्था कालो सूचिमा परेसँगै संस्थाका दिनेश कुमार दाहाल, ज्ञानेन्द्र बस्नेत र रेखा कुमारी बस्नेतलाई पनि कर्जा सूचना केन्द्रले कालो सूचीमा राखेको छ।

पछिल्लो समयमा कालो सूचीमा पर्ने सहकारीहरुको संख्या बढ्दो छ । सदस्यहरुलाई बचत फिर्ता गर्न नसक्दा पनि कालो सूचीमा पर्ने सहकारीहरु बढेको हो।

अभिलेख

लोकप्रिय