२३ कात्तिक २०८३, सोमबार

तरलता सहज भएपछि सहकारी बैंकले बन्द गर्यो ‘एनसिबिएल समृद्धि मुद्दती खाता’

२०८० वैशाख ८, शुक्रबार
तरलता सहज भएपछि सहकारी बैंकले बन्द गर्यो ‘एनसिबिएल समृद्धि मुद्दती खाता’

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले ‘एनसिबिएल समृद्धि मुद्दती खाता’ बन्द गरेको छ । गत बैशाख १५ गतेदेखि सञ्चालनमा ल्याएको खाता आजदेखि बन्द गरेको हो ।

तरलता व्यवस्थापनको लागि बैंकले उक्त मुद्दती खाता ल्याएको थियो । बैंकमा प्रयाप्त तरलता भएपछि खाता बन्द गरिएको हो । उक्त मुद्दती खातामा १२.७५ प्रतिशतदेखि १३.५० प्रतिशतसम्म ब्याजदर कायम गरिएको थियो ।

उक्त खातामा ३ महिनादेखि ६ महिनासम्मको मुद्दतीमा १२.५० प्रतिशत, ६ महिनादेखि १ वर्षसम्म को निक्षेपमा १३ प्रतिशत र १ वर्षदेखि माथी ५ वर्षसम्मको निक्षेपमा १३.५० प्रतिशत ब्याजदर थियो ।

आज प्रकाशित ब्याजदर अनुसार मुद्दतीमा अधिकतम ११.७५ प्रतिशत कायम गरेको छ ।

चैत्र मसान्तको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकसँग २४.३८ प्रतिशत तरलता छ । बैंकसँग माघमा २२.३८ प्रतिशत र फागुनमा २३.८२ प्रतिशत तरलता थियो । चैत्र मसान्तसम्म बैंकसँग ४४ अर्ब ४३ करोड रुपैयाँ निक्षेप रहेको छ । फागुन मसान्तमा बैंकसँग ४३ अर्ब ४८ करोड रुपैयाँ निक्षेप थियो ।

बैंकले कर्जा लगानी भने घटाएको छ । फागुन मसान्तसम्ममा बैंकले ३३ अर्ब ८९ करोड रुपैयाँ ऋण प्रभाव गरेकोमा चैतमा ३३ अर्ब ६४ करोड रुपैयाँमा झरेको छ ।

अभिलेख

लोकप्रिय