२३ कात्तिक २०८३, सोमबार

पोखरा रोयलसँग २३.९१ प्रतिशत तरलता

२०८० वैशाख ७, बिहिबार
पोखरा रोयलसँग २३.९१ प्रतिशत तरलता

कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले चैत मसान्त सम्मको अपरष्किृत वित्तीय विवरण प्रकाशन गरेको छ। वित्तीय विवरण अनुसार संस्थासँग २३.९१ प्रतिशत तरलता छ।

वित्तीय विवरण अनुसार संस्थाको शेयर पुँजी २१ करोड ९९ लाख, जगेडा कोषमा १५ करोड ७३ लाख, कुल बचत १ अर्ब ६३ करोड ३२ लाख, ऋण लगानी एक अर्ब ७८ करोड १० लाख रुपैयाँ रहेको छ । त्यस्तै संस्थाको कुल संस्थागत पुँजी १५ करोड ८८ लाख, विभिन्न कोषको जम्मा रकम १२ करोड २८ लाख र कुल सम्पत्ति २ अर्ब २४ करोड ७४ लाख रुपैयाँ रहेको छ।

संस्थासँग तरलता रकम ३९ करोड ५ लाख ७४ हजार रुपैयाँ रहेको छ । सहकारीमा कुल शेयर सदस्यहरुको संख्या ८ हजार ८१२ रहेको छ भने कुल ऋणी सहकारी सदस्यको संख्या एक हजार ५०७ रहेको छ ।

अभिलेख

लोकप्रिय