२३ कात्तिक २०८३, सोमबार

८४० सदस्यलाई उद्यमी बनाउँदै किसान बहुउद्देश्यीय सहकारी

२०८० वैशाख ४, सोमबार
८४० सदस्यलाई उद्यमी बनाउँदै किसान बहुउद्देश्यीय सहकारी

कैलाली : लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले सदस्य लक्षित उद्यमशिलता विकास प्रशिक्षण अभियान सुरु गरेको छ ।

संस्थाले अभियान अन्तर्गत कार्यक्षेत्र भित्र कम्तीमा प्रति सेवा केन्द्र (शाखा) २० जनाका दरले उद्यमी तयार गर्ने योजना रहेको जनाएको छ ।  सहकारीका ४२ वटा शाखा रहेका छन् ।

संस्थाले पहिलो चरणमा २० शाखाका शाखा प्रमूखहरुलाई प्रशिक्षक प्रशिक्षण दिएको र दोस्रो चरणमा शाखा प्रमूखमार्फत सदस्यहरुलाई कृषि र गैरकृषि क्षेत्रमा उद्यमशिलता विकासका लागि तालिम दिने जनाएको छ ।

स्वावलम्बन विकास केन्द्र काठमाडौंको पहलमा नेपाल भरीका लघुवित्त संस्था र सहकारी संस्थाहरुगरी १८ वटा संस्थाहरु सँगको सहकार्यमा आगामी २ वर्षभित्र मुलुकभर करीब ५ हजार सदस्यलाई उद्यमी बनाउने योजना अनुसार अभियान सुरु गरिएको स्वावलम्बन विकास केन्द्रका चन्द्रकान्त पण्डितले जानकारी दिए ।

वि.सं.२०५२ सालमा स्थापित भई हाल सुदुरपश्चिम प्रदेश र लुम्बीनी प्रदेशको राजापुर नगरपालिका कार्यक्षेत्र रहेको किसान बशुउद्देश्यीय सहकारी संस्थामा ७८ हजार भन्दा बढी शेयर सदस्य, ४२ वटा शाखा र २८३ कर्मचारी रहेका छन् ।

किसान सहकारी संस्थाको २०७९ फागुन मसान्त सम्मको वित्तिय विवरण अनुसार शेयर पुँजी ३८ करोड, कुल बचत ३ अर्ब ४ करोड, कुल सम्पत्ती ५ अर्ब ३० करोड, लगानीमा रहेको कर्जा ४ अर्ब २७ करोड रहेको छ । त्यस्तै शेयर सदस्य संख्या ७८ हजार ४ सय ७० रहेको छ । संस्था सँग लगानी योग्य रकम तरलता २३.७ प्रतिशत रहेको छ ।

बहुउद्देश्यीय प्रकृतिको किसान सहकारीले हाल वित्तीय युनीट, कृषि युनीट र सहकारी पसल (मार्ट) यूनीट मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

अभिलेख

लोकप्रिय