बैंक लघुवित्तले सूचनामा ऋणीको फोटो छाप्न नपाउने, सहकारीले पाउने कि नपाउने?
काठमाडौं : बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्बिर प्रकाशन गर्न पाउँदैन ।
बैंक तथा वित्तीय संस्थाको हकमा २०७९ माघ २६ गतेदेखि र लघुवित्त वित्तीय संस्थाको हकमा २०७९ चैत्र ३० गतेबाट यो व्यवस्था लागू भएको हो ।
बैंक तथा वित्तीय संस्था इ.प्रा. निर्देशन नं. २/०७८ को बुँदा ४० मा संशोधन गर्दै कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्बिर प्रकाशन गर्न रोक लगाएको हो । त्यस्तै लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
बैंक तथा वित्तीय संस्था, लघुवित्तमा यो व्यवस्था लागू हुँदा सहकारीमा के हुन्छ? भन्ने बहस चल्न थालेको छ । यो विषयमा सहकारीको नियामक निकाय सहकारी विभागले केही बोलेको छैन । राष्ट्र बैंकको प्रत्यक्ष नियमनमा सहकारी संस्था नहुने हुँदा राष्ट्र बैंकको निर्देशन सहकारीमा लागू हुँदैन ।
सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेका अनुसार आजको दिनसम्म सहकारी संस्थाले कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्बिर प्रकाशन गर्न पाउने बताए । फोटो प्रकाशन गर्न नपाउने व्यवस्था ऐन, नियमावलीमा व्यवस्था नभएको र सहकारी विभागले त्यस किसिमको कुनै पनि निर्देशन जारी भैनसकेको घिमिरेले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
