२३ कात्तिक २०८३, सोमबार

एकै दिन झापाका ५ सहकारी स्तरीकरण कार्यक्रममा आवद्ध

२०८० वैशाख ३, आईतवार
एकै दिन झापाका ५ सहकारी स्तरीकरण कार्यक्रममा आवद्ध

विर्तामोड : झापा जिल्लामा सञ्चालित ५ बचत तथा ऋण सहकारी संस्था स्तरीकरण कार्यक्रममा आवद्ध भएका छन् । ती संस्थाहरु नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सहकारी संघ (नेफ्स्कून)द्वारा सञ्चालित पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) मा आबद्ध भएका हुन् ।

स्तरीकरण कार्यक्रममा आवद्ध हुने सहकारीहरुमा द एभरेष्ट साकोस, दर्पण साकोस, गोल्डेन गेट साकोस, मेचीनगरको मेचीनगर साकोस र विर्तामोडको श्री स्वरोजगार भवानी साकोस रहेका छन् ।

नेफ्स्कूनले २०६९ सालदेखि सञ्चालनमा ल्याएको प्रोबेसन कार्यक्रम अन्तर्गत अनुगमन तथा सुपरिवेक्षण गरी गुणस्तर विकासका लागि निर्माण गरिएका ५० वटा सूचकहरुमा संस्थाको गुणस्तर मापन गरिन्छ ।

अभिलेख

लोकप्रिय