२३ कात्तिक २०८३, सोमबार

सहकारी बैंकका अध्यक्ष उप्रेती प्रबल जनसेवाश्रीबाट विभूषित

२०८० वैशाख १, शुक्रबार
सहकारी बैंकका अध्यक्ष उप्रेती प्रबल जनसेवाश्रीबाट विभूषित

काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी.उप्रेती “प्रबल जनसेवाश्री” (चुतर्थ) पदकबाट विभूषित भएका छन् ।

गत असोज ३ गते संविधान दिवसको अवसरमा घोषित उक्त विभूषणबाट उप्रेती आज सम्मानित भएका हुन् । शुक्रबार राष्ट्रपति भवन शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट उप्रेती विभूषित भएका हुन् ।

राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्तिहरुलाई प्रदान गरिने सम्मान बैंक, वित्तीय तथा सहकारी क्षेत्रबाट अध्यक्ष उप्रेतीलार्ई लाई प्रदानग रिएको छ ।

नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिमगत भदौ २९ गतेको मन्त्रिपरिषद्को सिफारिसमा तत्कालिन राष्ट्रपति विद्यादेवि भण्डारीले संविधान दिवसका अवसरमा उप्रेतीसहित ९९८ जनालाई विभिन्न विभूषण, अलङ्का र पदकप्रदान गर्ने घोषणा गरेका थिए ।

सोही पदकबाट गत वर्ष बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं विभुषित भएका थिए । अध्यक्ष उप्रतीले विभूषित हुनपाउँदा असाध्यै हर्षित भएको बताउँदै अभूतपूर्व सम्मान पाउनु मेरो लागि ठूलो सौभाग्यको कुरा भएको बताए । सम्मानले जीवनको यात्रामा थप उर्जा प्रदान गर्ने भन्दै यो सम्पूर्ण सहकारीकर्मीको सम्मान भएको समेत बताए ।

सहकारीकर्मी ज्ञानु पौडेल ‘सुप्रबल जनसेवाश्री पदक’बाट विभूषित

अभिलेख

लोकप्रिय