२३ कात्तिक २०८३, सोमबार

बागमती प्रोस्कूनको सञ्चालकलाई नेतृत्व विकास तालिम

२०७९ चैत २८, मङ्गलबार
बागमती प्रोस्कूनको सञ्चालकलाई नेतृत्व विकास तालिम

काठमाडौं: बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून) को नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

चैत्र २६ र २७ गते आयोजित तालिम कार्यक्रमको संघका अध्यक्ष उद्धव सापकोटाले उद्धघाटन गरेका थिए । संघको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र उच्च व्यवस्थापनको क्षमता अभिवृद्धि गराउने उद्देश्यले आयोजित तालिम कार्यक्रममा संघका प्राविधिक सल्लाहकार डा. शिवजी सापकोटा तथा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाइले सहजीकरण गरेका थिए ।

बचत तथा ऋण सहकारी अभियानको नेपालमा सहकारी संचालनको लागि विद्यमान ऐन, त्यसमा भएका व्यवस्थाहरु र कार्यान्वयनको अवस्था, सहकारी संचालनमा आन्तरिक दस्तावेजहरुको परिपालनाको अवस्था, आन्तरिक प्रशासन तथा जनशक्ति व्यवस्थापनको अवस्था र सहकारी संस्थाहरुले सदस्य सेवामा भए गरेका अवस्थाको अन्तर विश्लेषण (Gap analysis), गरी देखिएको अन्तरमा सहकारी अभियानको तर्फबाट संघले खेल्नु पर्ने भूमिका र Perks 2 Price को विषयमा प्रशिक्षित गरिएको थियो ।

No description available.

त्यस्तै बागमती प्रदेश भित्रका जिल्ला बचत तथा ऋण सहकारी संघहरु र बागमती प्रोस्कून बीच सञ्जाल व्यवस्थापनमा संघको उत्तरदायित्व र भूमिका एवम् केन्द्रिय संघ सहितको सञ्जाल व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गर्ने विषयमा विषयवस्तु माथि प्रस्तुति र छलफल भएको थियो ।

तालिमको समापन सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । रजिष्ट्रार घिमिरेले सहकारी अभियानमा अहिले आएको चुनौतीको सामना गर्नका लागि सहकारी अभियान र नियामक निकायले सहकार्य र एकता कायम गर्न सके मात्र सम्भव रहने बताए ।

 

सहकारी ऐन २०७४ मा उल्लेख भएका सबै व्यवस्थाहरु कार्यन्वयन गर्न आफुले भूमिका खेल्ने समेत घिमिरेले बताए । उनले सहकारी विभागबाट अनुगमनमा खटी आउने कर्मचारीलाई चिसो पानी बाहेक अन्य कुनै कुरा उपलब्ध नगराउन समेत अनुरोध गरे । अनुगमनमा जति र जसरी हेर्नु पर्छ हेरेर सकेको सुझाव वा निर्देशन दिनुस भन्न सक्ने गरी आफ्ना सहकारीहरुको व्यवस्थापन गर्नका लागि अनुरोध घिमिरेले गरे। यदि यसो हुने नसकेमा सहकारी अभियानको सुधारमा सहकारी अभियान र नियामक निकाय दुबै कमजोर रहने समेत बताए ।

तालिममा संघको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र उच्च व्यवस्थापन सहित १८ जनाको सहभागिता रहेको थियो ।

No description available.

अभिलेख

लोकप्रिय