२३ कात्तिक २०८३, सोमबार

पोखरा रोयल सहकारीमा प्रिमियम सिविएस

२०७९ चैत २३, बिहिबार
पोखरा रोयल सहकारीमा प्रिमियम सिविएस

कास्की : पोखरा-१०, कास्कीमा प्रधान कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वेभ बेस्ड प्रविधियुक्त प्रिमियम कोर बैकिङ सफ्टवेयर जडान गरेको छ ।

सदस्यहरुलाई गुणस्तरिय सेवा र डिजिटल सेवा प्रवाह गर्न सफ्टवेयर परिवर्तन गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ्गले जानकारी दिए ।

सहकारी संस्थाको हाल कास्की, स्याङ्गजा, तनहुँ, लमजुङ्ग र पर्वत गरि ५ जिल्ला कार्यक्षेत्र, ४ वटा कार्यालय, ८७८६ जना सदस्य, २१ करोड शेयर पुँजि, १६ करोड संस्थागत पुँजि, १ अर्ब ६६ करोड बचत, १ अर्ब ७८ करोड ऋण लगानी र १४ करोड अन्य कोषहरु रहेको छ भने हाल संस्थाको कुल वासलात २ अरव २८ करोड रहेको छ ।

सहकारीले राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, नेफ्स्कुन, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्की, जिल्ला सहकारी संघ लिमिटेड कास्की र जिल्ला बचत संघ लिमिटेड कास्कीबाट उत्कृष्ट सहकारी पुरस्कार र आन्तरिक राजश्व कार्यालय पोखराबाट उत्कृष्ट करदाता पुरस्कार प्राप्त गरि सकेको छ । संस्थाका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत र मुख्य प्रबन्धक विभिन्न निकायबाट पुरस्कृत भै सकेको छ ।

देशकै नमुना सहकारीको रुपमा दर्ज भएको पोखरा रोयल सहकारी संस्थाले समुदाय र सदस्य केन्द्रीत व्यवसाय गर्दै आई रहेको र सहकारीमा हाल स्वदेश तथा विदेश बाट थुप्रै सहकारी संघ/संस्थाका पदाधिकारी अध्ययन गर्न आउईरहेको हुँदा यो सहकारी एक अध्ययन केन्द्रको रुपमा समेत स्थापित भएको छ ।

प्रिमियम कोर बैकिङ सफ्टवेयर आईएसओ ९००१ः२०१५ प्रमाणित सहकारी सफ्टवेयर हो । वेब बेस्ड प्रविधियुक्त कोर बैकिङ सिस्टम पछिल्लो समय सहकारीमा लोकप्रिय बन्दै गएको छ ।

No photo description available.

अन्तर्राष्ट्रिय मान्यताप्राप्त यस सफ्टवेयर प्रिमियम टेक्नोलोजी प्रा.लि.ले निर्माण गरेको हो । हाल देशभरका ३ सयभन्दा बढी सहकारी संघ/संस्थाले यो सफ्टवेयर प्रयोग गर्दै आएको छ । कम्पनीले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइन नयाँ खाता खोल्ने र सदस्य पहिचान फारम अपडेट गर्न सकिने, ट्याबलेट बैंकिङ, लोन अटोमेशन र अन्य धेरै सेवा सुबिधाहरु प्रदान गर्दै आएको छ ।

प्रिमियम सफ्टवेयर पछिल्लो समयमा सहकारी संस्थाहरुद्वारा अत्याधिक रुचाइएको प्रविधि सेवा प्रदायक कम्पनी हो । अन्य कम्पनीको सफ्टवेयर प्रयोग गर्दै आएका सहकारीले पनि प्रिमियम सफ्टवेयर परिवर्तन गर्न थालेको कम्पनीले जनाएको छ । कम्पनीले सफ्टवेरमा दिएको फिचर, सेक्युरिटी लगायतले प्रिमियम सबैको रोजाईमा पर्न सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन वनले बताए । प्रिमियम सफ्टवेयर प्रयोग गर्न चाहने सहकारी संस्थाले पुरानो सम्पूर्ण डाटा जस्ताको तस्तै सार्न सकिने समेत उनले बताए ।

अभिलेख

लोकप्रिय