महासम्मेलनमा सहभागी हुने क्यूआर कोड सहितको टिकट अनिवार्य
काठमाडौं : बिहीबार (भोली) बाट सुरु हुने तेश्रो राष्ट्रिय सहकारी महासम्मेलनमा सहभागी हुने क्यूआर कोड सहितको टिकट अनिवार्य गरिएको छ।
महासम्मेलनमा सहभागी हुने रजिष्ट्रेशन गरेका सहभागीहरूले क्यूआर कोड सहितको टिकट अनिवार्य ल्याउनुपर्ने आयोजक राष्ट्रिय सहकारी महासंघले जनाएको छ।
महासम्मेलन हुने तीनै दिन क्यूआर कोड स्क्यान गरेर मात्र कार्यक्रम हलमा प्रवेश गराईने महासंघले जनाएको छ । रजिष्ट्रेशन गरिसकेपछि पाएको टिकट कार्यक्रम अवधिभर आफूसँग सुरक्षित राख्नु समेत महासंघले अनुरोध गरेको छ।
तेश्रो राष्ट्रिय सहकारी महासम्मेलनको रजिष्ट्रेशन डिजिटल माध्यमबाट गरी व्यवस्थापनलाई चुस्त बनाउन महासंघले यस्तो रणनीति तय गरेको हो । टिकेटिङ र क्यूआर कोड स्क्यान गरेर मात्र कार्यक्रम हलमा प्रवेश गराउने महासंघले डिजिटल वालेट खल्तीलाई जिम्मा दिईएको महासंघले जनाएको छ ।
रजिष्ट्रेशन गरी हालसम्म पनि क्यूआर कोड अंकित टिकट प्राप्त नभएको भए महासंघको कार्यालयको फोन नंं ०१-५०१००३३ ५०१०११६ अथवा तालिम अधिकृत देविमाया बाँस्कोटालाई ९८६०९८००२२, ९८५१३६६०३८ मा सम्पर्क गर्नुहुन महासंघले सूचना जारी गरेको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
