२३ कात्तिक २०८३, सोमबार

सहकारी दिवसमा लागु औषध दुर्व्यसन विरुद्ध सचेतना जगाउँदै जनउत्थान

२०७९ चैत १९, आईतवार
सहकारी दिवसमा लागु औषध दुर्व्यसन विरुद्ध सचेतना जगाउँदै जनउत्थान

रुपन्देही : कोटिहवा स्थित जनउत्थान बचत तथा ॠण सहकारी संस्थाले ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर एक दिने लागु औषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सहजिकरण गर्दै संस्थाकी अध्यक्ष ज्ञानु पौड्यालले किशोर अवस्थादेखि युवाहरु विभिन्न कारणले लागु औषध सेवन गर्ने गरेको पाईएको बताईन ।

युवाहरुलाई जीवन उपयोगी कुराहरु सिकाएर कुलतमा फस्नबाट बचाउनु पर्ने बताई । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी सहायक निरीक्षक हरि बहादुर नेपालीले युवाहरु लागू औषध दुव्यर्सनीमा फसेर जीवन बर्बाद गरिरहेको र हरेक वर्ष सेवन गर्ने, ओसारपसार गर्नेको संख्या डर लाग्दो रुपमा बढिरहेको बताए ।

कार्यक्रममा चौतारी फाउन्डेसनका कार्यक्रम संयोजक अरुण थापाले युवाहरू लागू औषध दुर्व्यसनमा फसेपछि निस्कन धेरै मुस्किल हुने बताए । सुधार केन्द्रमा गएका युवाहरू निस्केपछि साधारण जीवन बिताईरहेको पनि बताए ।

कार्यक्रममा १५ वर्षदेखि २५ वर्ष सम्मका ४० जना सहभागिता रहेको थियो । कार्यक्रममा संचालक तथा कोटिहवा सेवा केन्द्रका संयोजक निल प्रसाद पुनको अध्यक्षता रहेको थियो । संस्थाका उपाध्यक्ष गिरी प्रसाद पुनले स्वागत र सचीव सरु रानाको संचालन गरेकी थिईन ।

No description available.

अभिलेख

लोकप्रिय