सहकारी दिवसको कार्यक्रममा सहभागि हुन सहकारी बैंकको आग्रह
ललितपुर : ६६ औं राष्ट्रिय सहकारी दिवस सन्दर्भमा उपत्यकामा हुने विभिन्न कार्यक्रम सहभागी हुन राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्ना सदस्य सहकारी संघ/संस्थाका प्रतिनिधिहरूलाई मार्फत अनुरोध गरेको छ ।
दिवसको अवसरमा चैत्र २० गते बिहान ७ बजे उपत्यकाको विभिन्न स्थानबाट निकालिने र्याली तथा कार्यक्रममा आइतबार संघ/संस्थाका पदाधिकारी तथा सहकारीकर्मीहरुलाई ब्यानरसहित अनिवार्य उपस्थित हुन आग्रह गरिएको बैंकका अध्यक्ष के.बी. उप्रेतीले जानकारी दिए।
नेपालमा सहकारी स्थापना भएको दिनको सम्झना गर्दै हरेक वर्ष चैत्र २० गते सहकारी दिवस मनाइने गरिएको छ ।
सहकारी बैंकको केन्द्रीय कार्यालयसहित सबै शाखा कार्यालयहरूको सहभागितामा मनाईदैछ ।
महासंघको अगुवाइमा हुने कार्यक्रममा उपत्यका भित्रका शाखा कार्यालय अन्तर्गत सदस्यता लिई कारोबार गर्ने सदस्य सहकारी संघ/संस्थाहरुलाई काठमाडौँ उपत्यका केन्द्रित प्रभात फेरी कार्यक्रममा तोकिएको स्थानमा उपस्थित भई माइतीघर मण्डलामा हुने कोण सभामा उपस्थिति हुनको लागि बैंकले अनुरोध गरेको छ ।
त्यसैगरी उपत्यका बाहिरका शाखा कार्यालय अन्तर्गतका सहकारीकर्मीहरुलाई स्थानीय स्तरमा हुने कार्यक्रममा सक्रिय सहभागिता जनाउन बैंकले आग्रह गरेको छ ।
दिवसको कार्यक्रमलाई देशव्यापी बनाउन राष्ट्रिय सहकारी महासंघले गत बुधवार पत्रकार सम्मेलन गरी विज्ञप्ति जारी गर्दै प्रदेश, जिल्ला र केन्द्रीय सङ्घहरूमार्फत र्यालीसहित सम्पूर्ण सहकारीकर्मीहरुलाई माइतीघर मण्डलामा उपस्थितिका लागि आव्हान गरेको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
