२३ कात्तिक २०८३, सोमबार

सहकारी दिवसको अवसरमा कास्कीमा रक्तदान, १ सय २५ युनिट रगत संकलन

२०७९ चैत १९, आईतवार
सहकारी दिवसको अवसरमा कास्कीमा रक्तदान, १ सय २५ युनिट रगत संकलन

पोखरा : ६६ औं राष्ट्रिय सहकारी दिवस २०७९ को अवसरमा सहकारी दिवस मुल आयोजक समारोह, कास्कीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सहकारी संघ लिमिटेड, कास्कीको प्राङ्गणमा सम्पन्न रक्तदानबाट १ सय २५ युनिट रगत संकलन भएको छ ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले पहिलो रक्तदान राष्ट्रिय सहकारी बैंक, पोखरा शाखाका कर्मचारी अमृत श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गरी सुरु भएको थियो ।

सो अवसरमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले सहकारीले छरिएर रहेकाहरुलाई एकताबद्ध गरी एक अर्कालाई सहयोगी भावना लिएर अगाडी वढ््दै गर्दा सहकारी दिवसको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्ने गरी रक्तदान कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद ब्यक्त गरे । सहकारीहरु एकजुट भएर पछिल्लो समयमा देखा परेका समस्याहरुलाई समाधान गर्न तर्फ समेत उहांको जोड रहेको थियो ।

सहाकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको विशेष सहयोग र क्षेत्रिय रक्तसञ्चार केन्द्र पोखराको प्राविधीक सहयोगमा सम्पन्न कार्यक्रममा नेप्सकुनका कमला गिरी, राष्ट्रिय सहकारी बैंकका लेखा समिति सदस्य चन्द्रा पराजुली, गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालका प्रतिनिधी इश्वरी ढकाल, केन्द्रीय दुग्ध सहकारी संघको लेखा समिति संयोजक नवराज बराल, म्यानेजर्स क्लब कास्की अध्यक्ष अपिल कोइराला, अध्यक्ष संघको अध्यक्ष डिल्लीराम बराल लगायतको उपस्थिती रहेको जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाले जानकारी दिईन।

जिल्ला सहकारी संघ कास्कीमा ४ सय १५ सहकारी आवद्ध रहेका छन् ।

अभिलेख

लोकप्रिय