२३ कात्तिक २०८३, सोमबार

सहकारी दिवसको अवसरमा जय मनकामना बचतद्वारा स्वास्थ शिविर

२०७९ चैत १८, शनिवार
सहकारी दिवसको अवसरमा जय मनकामना बचतद्वारा स्वास्थ शिविर

कास्की : पोखराको लामाचौरमा रहेको जय मनकामना बचत तथा ऋण सहकारी संस्थाले स्त्रि रोग सम्बन्धि स्वास्थ निःशुल्क शिविर सम्पन्न गरेको छ। संस्थाले ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा गोर्खा मिलन समाज पोखराको सहकार्यमा शिविर सम्पन्न गरेको हो ।

शिविरमा गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोग रहेको थियो । शिविरबाट २ सय ७७ जना लाभांवित भएका छन् । शिविरमा औषधीहरु निःशुल्क वितरण गरिएको थियो ।

पोखरा मिलन समाज की अध्यक्ष कोपिला श्रेष्ठको अध्यतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका १९ का वडाध्यक्ष एवं जय मनकामना सहकारीका पुर्व अध्यक्ष पुष्पेन्द्र पाण्डेले शिविरको उद्घाटन गरेका थिए।

कार्यक्रममा पोखरा महानगर स्वास्थ्य महाशाखाका सविना श्रेष्ठ, गण्डकी मेडिकल कलेजका प्राचार्य डा. रविन्द्र श्रेष्ठ, डा. बबिता खड्का, कार्यक्रम संयोजक उमेशचन्द्र देवकोटा लगायतले शिविरको आवश्यकता र महत्त्वका बारेमा चर्चा गरेका थिए ।

आ.सि. कम्प्लेक्स लामाचौरमा सञ्चालन भएको कार्यक्रममा स्वगत मनतव्य जय मनकामना सहकारीका अध्यक्ष नवीन भण्डारी र कार्यक्रम सञ्चालन सचिव बुद्धि बहादुर खत्री क्षत्रीले गरेका थिए।

No description available.

अभिलेख

लोकप्रिय