२३ कात्तिक २०८३, सोमबार

सहकारी दिवसको अवसरमा जनसचेतन बचतको रक्तदान

२०७९ चैत १८, शनिवार
सहकारी दिवसको अवसरमा जनसचेतन बचतको रक्तदान

दोलखा : ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय, दोलखाको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । संस्थाको मुख्य कार्यालय मैनापोखरी परिसरमा आयोजित रक्तदानमा ६६ पिन्ट रगत संकलन भएको थियो ।

रक्तदानमा ५० जना पुरुष र १६ जना महिला सहभागी भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) नवराज दहालले जानकारी दिए । संस्थाले विविध कार्यक्रम गरी सहकारी दिवस मनाउँदै छ । जस अन्तर्गत अनाथ बालबालिकाहरुको लागि खाद्यान्न वितरण र नगद प्रदान गर्ने संस्थाले जनाएको छ। त्यस्तै सहकारी दिवसको दिन (चैत्र २० गते) मैनापोखरी बनारमा र्याली र अन्तर्क्रिया कार्यक्रम गर्ने सिईओ दहालले बताए ।

जनसचेतन बचत तथा ऋण सहकारी संस्था नेपाल कै उत्कृष्ट सहकारी मध्येको एक हो । २०५० सालमा स्थापना भएको संस्थामा २७ हजार ५ सय ७६ जना सदस्य आवद्ध भएका छन् । १६ करोड ५२ लाख सेयर पुँजी रहेको संस्थाको कुल सम्पत्ती २ अर्ब ३३ करोड ७३ लाख रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा १७ करोड १४ लाख, कुल बचत १ अर्ब ५६ करोड, संस्थागत पुँजी १७ करोड ३१ लाख रुपैयाँ रहेको छ।

अभिलेख

लोकप्रिय