सुनौलो आयाम सहकारीको १४औं स्थापना दिवसमा जेष्ट सदस्य सम्मान
काठमाडौं : नागार्जुन-१०, कलंकी स्थित सुनौलो आयाम बचत तथा ऋण ऋण सहकारी संस्थाले जेष्ट सदस्यलाई सम्मान गरी १४औं स्थापना दिवस मनाएको छ। सम्मानसँगै संस्थाले सदस्य शिक्षा कार्यक्रम समेत सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष सागर लम्सालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी समाजसेवी हरिप्रसाद लम्साल रहेका थिए । कार्यक्रममा संस्था २६ जना जेष्ट सदस्यलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ(कास्कून) का नवराज सुवेदी र सविना न्यौपानेको आतिथ्यता रहेको थियो । साथै उनीहरुले सदस्य शिक्षा कार्यक्रमको समेत सहजिकरण गरेका थिए।
संस्थाका अध्यक्ष सागर लम्सालले जेष्ट सदस्यलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए । बचत तथा ऋणको कारोबारसँगै सदस्यको सेवामा संस्था समर्पित रहेको लम्सालले बताए ।
संस्थाले अस्पताल, कलेजहरुसँग सहकार्य गरी सदस्यहरुलाई ५ देखि ५० प्रतिशतसम्म छुट समेत उपलब्ध गराउँदै आएको छ। मनमोहन मेमोरियल अस्पताल, मेदान्त आयुर्वेद, क्याम्ब्रिज कलेज, एडमार्क कलेज, युनिभर्सल डेण्टल हस्पिटल, कोजी फुडल्याण्ड लगायतसँग सहकार्य गरी छुट उपलब्ध गराउँदै आएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
