२३ कात्तिक २०८३, सोमबार

महासम्मेलनले सहकारीको समस्या समाधानमा सहयोग पुर्‍याउँछ: केबी उप्रेती

२०७९ चैत ९, बिहिबार
महासम्मेलनले सहकारीको समस्या समाधानमा सहयोग पुर्‍याउँछ: केबी उप्रेती

राष्ट्रिय सहकारी महासंघ, नेपाल र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन हुँदैछ । चैत्र २३ देखि २५ सम्म काठमाडौैको याक एण्ड यती होटलमा हुने महासम्मेलनको तयारी तिब्र पारिएको छ । हरेक ५ वर्षमा आयोजना हुने महासम्मेलन सहकारी क्षेत्रको विकास, उन्नयन र प्रवद्र्धनका साथै यस क्षेत्रका समस्या समाधानमा कोशेढुंगा हुने अपेक्षा गरिएको छ । महासम्मेलनमा सहभागी हुन आगामी चैत्र १० गतेसम्म रजिष्ट्रेशनको समय रहेको छ ।

डिजिटल वालेट खल्तीएपमार्फत रजिष्ट्रेशन गरी समयमै सिट सुरक्षित गर्न सकिने महासंघले जनाएको छ । पहिलो र दोस्रो महासम्मेलनले उठाएका ८० प्रतिशत विषयहरु सम्बोधन भएको समेत महासंघले जनाएको छ । महासम्मेलनमा सहकारीकर्मीका साथै सहकारीसँग सम्बद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरुबीच घनीभूत छलफल गरी सहकारी भिजन २०३० समेत तय गरिने महासंघको सोच छ । महासम्मेलन आयोजना गर्नुको उद्देश्य, आवश्यक तयारी, उपलब्धी, सहभागिताको अवस्था र समसामयिक विषयवस्तुमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक के.बी.उप्रेतीसँग गरिएको भिडियो संवाद:-

अभिलेख

लोकप्रिय