सर्वसुलभ उपभोक्ता सहकारी पसलको शाखा विस्तार
भक्तपुर : सर्वसुलभ उपभोक्ता सहकारी संस्थाले लिबालीमा सहकारी पसलको शाखा विस्तार गरेको छ । उक्त सहकारीको पसल भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरेका छन्
कार्यक्रममा बोल्दै प्रजापतिले सहकारी संस्थाहरुले आफ्नो व्यापार व्यवसायबाट धेरै नाफा कमाउने भन्दा पनि सदस्यहरुलाई सुविधा दिने र नेपाली उत्पादनलाई प्राथमिकतामा दिएर पसल सञ्चालन गर्नुपर्ने बताए।
बिचौलियाहरुको अन्त्य गर्न सहकारी पसलले भूमिका खेल्ने विश्वास व्यक्त गर्दै पसलमा सर्वसुलभ तथा गुणस्तरीय सामान बिक्री वितरण गर्नतर्फ जोड दिन प्रेरित गरे । ‘जनसमुदायको विश्वास कायम गर्नु पनि अर्को सफलता हो । उपभोक्ताहरूलाई आफ्नो अधिकारप्रति सचेत बनाएर कानुनले दिएको उपभोक्ता अधिकार प्रयोग गर्न सक्षम बनाउनु आजको आवश्यकता हो’, प्रजापतिले भने ।
भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले सर्वसुलभ सहकारीले उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर सेवा अगाडि बढाउनु आफैमा सफलता हुने बताए ।
संस्थाका संस्थापक अध्यक्ष कृष्णगोविन्द लाखाजूले संस्था स्थापनाको उद्देश्यबारे प्रष्ट पार्दै सहकारी पसल बिहान ७ देखि राती ९ बजेसम्म खुल्ने बताए । सहकारी पसलले स्थानीय उत्पादनहरु ताइचिन, चिउरा, भुटेको तोरीको तेल, परम्परागत नेवारी कपडा र पोशाकहरुको समेत विक्री गरिने अवगत गराए ।
कार्यक्रममा संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद लाखा, उपाध्यक्ष बद्री लाखा, कोषाध्यक्ष नारायणमान वनमाला, सल्लाहकार कृष्णभक्त लवजू लगायतको उपस्थिती रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
