२३ कात्तिक २०८३, सोमबार

पशुपति सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस

२०७९ चैत ९, बिहिबार
पशुपति सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस

काठमाडौं : नेपाल सरकारले पशुपति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभलाई समस्याग्रस्त घोषणा गर्ने भएको छ। संघीय सहकारी विभागले पशुपति सहकारी समस्याग्रस्त घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सिफारिस गरेको छ।

फागुन २९ गते समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई सिफारिस गरेको सहकारी विभागका उप-रजिष्ट्रार खिमानन्द आचार्यले जानकारी दिए। विभागले सिफारिस गरे पनि मन्त्रालयले भने समस्याग्रस्त घोषणा गरेको छैन । मन्त्रालयमा मन्त्री नहुँदा काम अघि बढ्न नसकेको हो ।

पशुपति सहकारी विगत ३ वर्षदेखि संकटमा छ । संस्थाले सदस्यको हित विपरित कार्य गरेको, निर्धारित शर्त बमोजिम बचत फिर्ता नगरेको, सहकारी मूल्य मान्यता एवं सहकारी ऐन, नियम र निर्देशनको पालना नगरेको विभागको ठहर छ ।
गत साउन २ गते ७८ जना सदस्यले संस्था विरुद्ध सहकारी विभागमा उजुरी दिएका थिए । विभागले सोही उजुरीको आधारमा सचालकलाई बोलाएर बचत फिर्ता गराउन निर्देशन दिँदै आएपनि अटेरी गर्दै आएको छ ।

कुनै सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न नसकेमा, संस्था समस्यामा परेमा विभागको सिफारिसमा मन्त्रालयले समस्याग्रस्त घोषणा गर्ने गरेको छ । मन्त्रालयले घोषणा गरेपछि सहकारी व्यवस्थापन समितिको कार्यालयले थप काम अघि बढाउने छ ।

अहिलेसम्म ५३ करोडको माग दाबी परेको छ । सहकारीका अध्यक्ष सिबी लामा हुन्।

अभिलेख

लोकप्रिय