ग्लोबल मनी विक : किसान बचतको युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम सुरु
नवलपारासी : गैंडाकोट स्थित किसान बचत तथा ऋण सहकारी संस्थाले युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम सुरु गरेको छ।
‘ग्लोबल मनी विक-२०२३’ को अवसरमा संस्थाले आजबाट युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम सुरु गरेको हो । सोमबार सहज सेवा केन्द्र, हिमचुली सेवा केन्द्र र विजय नगर सेवा केन्द्रका एक सय ५० जना युवाका बीचमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
वित्तीय साक्षरता कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष श्रीहरि चालिसेले गरेका थिए । कार्यक्रमलाई संस्थाका शिक्षा उप-समिति संयोजक एवं जिल्ला सहकारी संघका अध्यक्ष तिलक पराजुली र तालिम विभागका प्रमुख प्रेम अधिकारीले सहजिकरण गरेका थिए ।

अभियानको पहिलो दिन संस्थाले युवा सदस्यहरुमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष चालिसेले बताए।
कार्यक्रममा पैसाको महत्व, बचत योजना, बचत गर्ने बानीको विकास, युवाका स्वतन्त्रता पाइलाहरु, पारिवारिक बजेट निर्माणको बारेमा सहजिकरण गरिएको थियो । त्यस्तैसस्थाको वित्तीय अवस्था, सदस्य केन्द्रित कार्यक्रम, युवा जागरुकता अभियान विषयमा प्रस्तुतिकरण गरिएको थियो।
संस्थाले चैत्र ८ गते मुकुन्दपुर, हर्कपुर र अमरापुरी सेवा केन्द्रका युवा सदस्यलाई वित्तिय साक्षरता कार्यक्रम गर्ने जनाएको छ । त्यस्ते चैत्र १० गते कावासोती नगरपालिकाका युवा सदस्यलाई साक्षारता कार्यक्रम गर्ने संस्थाले जनाएको छ।
युवामा वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउने उद्देश्यले वार्षिक रूपमा विश्वभर ग्लोबल मनी विक-२०२३ मनाइँदै आएको छ। सन् २०१२ देखि हरेक वर्षको मार्चमा मनाउन सुरु गरिएको यो सप्ताह अर्गनाइजेसन अफ इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओइसिडी) को संयोजनमा विश्वका धेरै मुलुकमा मनाइँदै आएको छ ।

यस वर्ष चैत ६ देखि १२ गते (मार्च २०-२६) सम्म नेपालमा मनाइने भएको हो । ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ भन्ने नाराका साथ ‘ग्लोबल मनी विक-२०२३’ आजदेखि सुरु भएको हो।
नेपालमा नेपाल राष्ट्र बैंकको संयोजनमा, बैंक तथा वित्तीय संस्था, सहकारी विभाग तथा सहकारी संस्था, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेसनल बैंकिङ इन्स्टिच्युट, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत निकाय तथा संस्थाले यो सप्ताह मनाउनेछन् । युवामा वित्तीय ज्ञान र सीपमार्फत व्यावहारिक रूपमा सबल र सक्षम बनाई विवेकशील वित्तीय निर्णय लिने बनाउनु यो सप्ताहको मुख्य उद्देश्य हो ।
यसका साथै संस्थाले २ महिने सदस्य केन्द्रित विस्तारित भेलामार्फत सदस्य जागरुक अभियान निरन्तर रुपमा सञ्चालन गरिरहेको छ।
फागुन मसान्तको अपरिष्कृत वित्तीय विवरण
किसान बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट
सेयर पुँजीः ३३ करोड ७० लाख
जगेडा कोषः १७ करोड ३९ लाख
कुल संस्थागत पुँजी: १९ करोड १५ लाख
अन्य कोषहरुः ३ करोड ३० लाख
कुल बचतः २ अर्ब ७३ करोड ७८ लाख
लगानीमा रहेको ऋणः २ अर्ब ४५ करोड ५९ लाख
कुल सम्पत्तीः ३ अर्ब ४८ करोड ७४ लाख
तरलता रकमः ६३ करोड ९७ लाख
तरलता प्रतिशतः २३.३७%
सदस्य संख्याः ८४ हजार ४ सय ६५
ऋणी सदस्यः १३ हजार ७ सय २ जना
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार