२० भदौ २०८३, शनिवार

एशियाली क्रेडिट युनियन फोरम २०२२ सम्पन्न, अध्यक्षमा पुनः योनसुक किम निर्वाचित

२०७९ भदौ १७, शुक्रबार
एशियाली क्रेडिट युनियन फोरम २०२२ सम्पन्न, अध्यक्षमा पुनः योनसुक किम निर्वाचित

काठमाडौं : “कोभिड १९ बाट पुर्नउत्थानका लागि हरित समावेशी तथा सामनाशक्ति विकासको मार्ग” भन्ने थिमसहित एशियाली क्रेडिट युनियनहरुको फोरम २०२२ सम्पन्न भएको छ । अगस्ट २९ देखि सेप्टेम्बर १ सम्म थाइल्याण्डको बैंककमा सम्पन्न भएको हो। फोरम सहभागिताका लागि नेपालबाट राष्ट्रिय सहकारी बैंक, नेफ्स्कून, सरकारी निकाय, सहकारी विभाग, प्रारम्भिक बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, व्यवस्थापक र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

May be an image of 4 people, people standing and indoor

फोरम आयोजक राष्ट्र सहित एशियाली मुलुकका १६ राष्ट्रहरुः अष्ट्रेलिया, बंगलादेश, इण्डोनेशिया, भारत, जापान, लाओ पिडिआर, साउथ कोरिया, मलेशिया, नेपाल, फिलिपिन्स्, सिंगापुर, श्रीलंका, ताइवान, थाइल्याण्ड, तिमोर लिस्ते, भियतनाम लगायतबाट ३ सय ३० क्रेडिट युनियनकर्मीहरुकोे प्रतिनिधित्व फोरममा रहेको थियो ।

फोरमको उद्घाटन सत्र प्रत्येक राष्ट्रले आ-आफ्नो देशका राष्ट्रिय झण्डा फहराउँदै राष्ट्रिय गानसहित सुरु भएको थियो । एशियाली ऋण महासंघ अक्कुका अध्यक्ष योनसुक किमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । अक्कुकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भि सान्राक्योले कोभिडका कारण लामो समयपछि भौतिक उपस्थितिका बीच आयोजित अक्कु फोरमले धेरै खुसी थपेको बताउनुभएको थियो ।

कोभिडका सकारात्मक नकारात्मक पक्षको चर्चा गर्दै सिइओ लेनीले कोभिडका कारण धेरै र राष्ट्रको लागि महत्वपूर्ण भूमिका भएका व्यक्तिहरु गुमाउनुपर्दाको पीडा सुनाउनुभयो । उहाँले कोभिडका कारण स्वास्थ्य, आर्थिक र सामाजिक क्षेत्रमा ठूलो संकट सृजना गरेको बताउनुभयो । हामीले वातावरण परिवर्तनको असरलाई न्यूनीकरण गरेर भविष्यका पुस्तासम्मलाई वातावरण जोगाइराख्नुपर्नेमा सिइओ लेनीले जोड दिनुभयो ।

कार्यक्रममा अष्ट्रेलियन मिच्युअल फाउण्डेसन (एएमएफ) का ब्राइन व्यानेट, अष्ट्रेलियन मिच्युअल बैंकका सिइओ मार्क ओर्थिङटन लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

फोरमको उद्घाटन समारोहमा उत्कृष्ट कार्य गर्ने विभिन्न राष्ट्रका क्रेडिट युनियनहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

May be an image of 4 people and people standing

उत्कृष्ट प्रमुख कार्यकारी अधिकृत पुरस्कार फिलिपिन्सको तगुम कोअपरेटिभका प्रमुख कार्यकारी अधिकृत जुरिस पिरेजलाई प्रदान गरिएको थियो । विश्व ऋण परिषद् ओकु डिजिटल अवार्ड २०२१ NATCCO र PFCCO द्वारा निर्मित काया प्लेटफर्मलाई प्रदान गरिएको थियो । त्यसैगरी फिलिपिन्सको तगुम क्रेडिट युनियनले एक्सेस गोल्ड ब्राण्ड अवार्ड र ओरो इटिग्रेटेड कोअपरेटिभले एक्सेस ब्रोञ्ज ब्राण्ड प्राप्त गरेका थिए ।

कार्यक्रममा सहभागी राष्ट्रका प्रतिनिधिहरुले आ आफ्ना देशका क्रेडिट युनियन अभियानका विषयवस्तुहरु प्रस्तुतीकरण गर्नुभएको थियो । अक्कुका प्रमुख प्राविधिक अधिकृत रन्जित हिताराची र सिइओ लेनीले सहजीकरण गर्नुभएको कार्यक्रममा नेपालको तर्फबाट नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईं र विकू बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलले बचत तथा ऋण सहकारी अभियानको अवस्था, अभियानको विकास र प्रवर्धनमा सरकारी निकायहरुको संलग्नता र प्रारम्भिक बचत तथा ऋण सहकारी संस्थाहरुको सदस्य सेवा प्रवाहको स्थितीका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

फोरमको दुई दिन आयोजक राष्ट्र र सहभागी राष्ट्रका विज्ञ व्यक्तिहरुद्वारा सामुहिक र ब्रेकआउट सत्र गरी करिब २ दर्जन फरक फरक विषयवस्तुहरु प्रस्तुतीकरण भएका थिए ।

May be an image of 17 people and people standing

फोरमको तेस्रो दिन एशियाली ऋण महासंघको ४१औं चुनावी साधारणसभा भएको थियो भने अन्य सहभागीहरुलाई थाइल्याण्डका विभिन्न ऐतिहासिक ठाउँहरुको भ्रमण गराइएको थियो । त्यसैगरी चौथो दिन फोरमका सहभागीहरुलाई थाइल्याण्डका उत्कृष्ट क्रेडिट युनियनहरुमा लगेर क्रेटिड युनियनका सफल अभ्यासहरुको आदान प्रदान गराएको थियो । थाइल्याण्डको एम्फो थ याङ फेक्टचबुरीमा रहेको Ban Song Credit UNION कोअपरेटिभ बैंक र नोङ्गखानयाङ कोअपरेटिभ लिमिटेड भ्रमण गराइएको थियो ।

अक्कुको सेप्टेम्बर १, बुधबार सम्पन्न १४औं साधारणसभाले पुनः कोरियाका योनसुक किमलाई आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको छ । निर्वाचित नयाँ नेतृत्वमा थाइल्याण्डका डा. वीरा बोगसान प्रथम उपाध्यक्ष, ताइवानका ली चुन फेन कुलेरोक द्वितीय उपाध्यक्ष, फिलिपिन्सका निकोलस एम भ्यालेन्टाइन सचिव र भारतका ओमप्रकाश कोयटे कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

May be an image of 6 people, people standing and indoor

एशियाली ऋण महासंघ ACCU, क्रेडिट युनियन लिग अफ थाइल्याण्ड CULT र थाइल्याण्डको बचत तथा ऋण सहकारी महासंघ FSCT को संयुक्त आयोजना रहेको अक्कू फोरमले महामारी र जलवायु परिवर्तनको प्रभावले क्रेडिट युनियनहरुको इच्छालाई सँधै चुनौति दिइरहेको, जसले आफ्ना सदस्यहरुको जीवनस्तर सुधार गर्न, गरिब र प्रभावित साथै विश्वव्यापी आय वितरणको तल्लो ६० प्रतिशत घरपरिवारको रुपमा रहेका सदस्यहरुको लागि आवश्यक रिकभरीका समावेशी र लचिलो उपायमार्फत परिवर्तनको अनुभव दिलाउन प्रयत्नरत रहने प्रतिबद्धता जनाएको थियो । सो अवसरमा FSCT को ५०औं बार्षिकोत्सव समारोह समेत मनाइएको थियो । बार्षिकोत्सव समारोहमा नेपालको समेत प्रतिनिधित्व रहेको थियो ।

अक्कुको ४१औं चुनावी साधारणसभामा नेपालको तर्फबाट नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालको उम्मेद्वारी रहेको थियो । साधारणसभाबाट नेपाल बैकल्पिक सञ्चालकको रुपमा रहेको छ ।  दोस्रो बैकल्पिक सञ्चालक बंगलादेश रहेको छ । भोटिङको आधारमा कम भोट प्राप्त हुने दुइ जनालाई बैकल्पिक सञ्चालकमा छनौट गर्ने व्यवस्था अक्कुमा रहेको छ ।

यस अघि नेपालको तर्फबाट अक्कूको बोर्डमा नेफ्स्कूनका पूर्व अध्यक्षहरु नियुक्त हुनुभएको थियो । नेफ्स्कूनका पूर्व अध्यक्ष मिनराज कंडेल अक्कूको प्रथम उपाध्यक्ष र पूर्व अध्यक्ष ऋषिराज घिमिरे प्रथम उपाध्यक्ष हुँदै अक्कू फोरम २०१८ बाट अध्यक्ष को जिम्मेवारी प्राप्त गर्नुभएको थियो ।

May be an image of one or more people, people standing and indoor

अभिलेख

लोकप्रिय