सिईओ वर्कशपका आकर्षणहरु
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजनामा भोलीबाट प्रमुख कार्यकारी अधिकृतहरुको राष्ट्रिय गोष्ठी (सिईओ वर्कशप) हुँदैछ । दुई दिनसम्म चल्ने वर्कशपमा विभिन्न विषयका ७ वटा कार्यपत्र प्रस्तुत हुनेछ ।
गोष्ठीको पहिलो दिनको पहिलो सत्रमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरलेको ‘वर्तमान परिदृश्यमा दिगो साकोस अभियानको लागि जिम्मेवार व्यवस्थापन र संघको भूमिका विषयक’ प्रस्तुतीकरण रहेको छ। उक्त प्रस्तुती माथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव निराजन घिमिरे र विभागका रजिष्ट्रार नमराज घिमिरे टिप्पणीकर्ताको रुपमा रहेका छन्।
त्यस्तै दोस्रो सत्रमा एशियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोक्केको ‘वित्तीय सहकारीको छवी निर्माणः समावेशी संरचना र प्रविधि हस्तान्तरण’ विषयक प्रस्तुती रहेको छ। उनको प्रस्तुती माथि सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले टिप्पणी गर्नेछन् । तेस्रो सत्र नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठको ‘विश्व अर्थतन्त्रः वित्तीय सहकारीमा प्रभाव, सम्भावना र चुनौती विषयक’ प्रस्तुतीकरण रहेको छ। उनको प्रस्तुतीकरण माथि नेपाल सरकारका पूर्व सचिव शिशिर कुमार ढुंगानाले टिप्पणी गनेछन् ।
त्यसैगरी दोस्रो दिनको पहिलो सत्र नेफ्स्कून साकोस म्यानेजर्स क्लबका अध्यक्ष एवम् बिन्धवासिनी साकोसका प्रमुख कार्यकारी अधिकृत के.बी. लामाको ‘मानव संशाधन व्यवस्थापनका सामयिक÷समवर्ती सवालहरु र नेपालमा सफल साकोसका अनुभवहरु’ विषय प्रस्तुतीकरण रहेको छ। उनको कार्यपत्र माथी नेफ्स्कूनका पूर्व प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले टिप्पणी गर्नेछन् । त्यस्तै प्यानलिष्टमा विकू साकोस, नवलपरासीका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेल, चन्द्रागिरी साकोस, काठमाडौंका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठ, हाम्रो जनकल्याण साकोस, दोलखाका प्रमुख कार्यकारी अधिकृत दीपक बस्नेत र सिद्धि गणेश साकोस, भक्तपुरकी व्यवस्थापक शिला गोसाई रहेकी छिन् ।
दोस्रो सत्र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले ‘वित्तीय प्रविधिमा साकोसका सम्भावना र चुनौतीहरु’ विषयक प्रस्तुतीकरण गर्नेछन्। उक्त विषय वस्तुमाथि टिप्पणी आइटी विज्ञ अनुप बाँस्कोटाले गर्नेछन्।
तेस्रो सत्र एशियाली ऋण महासंघका प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराचीको ‘वित्तीय सहकारी ऐनको अन्तर्राष्ट्रिय अभ्यास र नेपालको आवश्यकता’ विषयमा प्रस्तुतीकरण रहेको छ । उक्त विषय वस्तु माथिको टिप्पणीकर्ता नेफ्स्कूनका पूर्व अध्यक्ष एवं सल्लाहकार ऋषिराज घिमिरेले गर्नेछन् । त्यस्तै चौथो अर्थात गोष्ठीको अन्तिम सत्र प्रेरक वक्ता (मोटिभेसनल स्पिकर) दिपाङ्कर शेर्पाको ईमोशनल एण्ड स्पिरिचुअल ईन्टेलिजेन्स ईन म्यानेजर्स विषयक प्रस्तुतीकरण रहेको नेफ्स्कूनले जनाएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
