२३ कात्तिक २०८३, सोमबार

जेष्ठ सदस्यसँग मनायो सुयोग्य साकोसले स्थापना दिवस, ३० सदस्य सम्मानित

२०७९ फागुन २१, आईतवार
जेष्ठ सदस्यसँग मनायो सुयोग्य साकोसले स्थापना दिवस, ३० सदस्य सम्मानित

काठमाडौं : सुयोग्य बचत तथा ऋण सहकारी संस्था (सुयोग्य साकोस)ले जेष्ठ सदस्य सम्मान गरी १५ औं स्थापना दिवस मनाएको छ।आईतबार एक कार्यक्रमको बीच संस्थाले ३० जना जेष्ठ सदस्यलाई सम्मान गरेको छ। जेष्ठ सदस्यलाई ब्ल्याङ्केट र नगदसहित सम्मान गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कूनका पुर्व अध्यक्ष तथा सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्ग, संस्थाका अध्यक्ष पम्फा न्यौपाने र प्रमुख सल्लाहकार चित्रा कुमारी थामसुहाङ सुब्बाले संयुक्त रुपमा सदस्यलाई सम्मान गरेका थिए। संस्थाले विगत २ वर्षदेखि स्थापना दिवसको अवसरमा जेष्ठ सदस्य सम्मान गर्दै आएको छ।

कार्यक्रममा प्रमुख अतिथि प्रधानाङ्गले सुयोग्य साकोसले गरेको असल अभ्यासबाट अन्य सहकारीले सिको गर्नुपर्ने बताए । सहकारी नाफामूलक नभई सेवामूलक हुनुपर्ने समेत बताए।

संस्थाका प्रमुख सल्लाहकार चित्रा कुमारी थामसुहाङ सुब्बाले सहकारीले गरेको गतिविधिको बारेमा निगरानी गर्न सदस्यहरुलाई अनुरोध गरिन् । सदस्यहरुको सुख दुःखमा साथ दिने सहकारी संस्थाहरु भएका कारण सदस्यको साथ विना सहकारी अघि बढ्न नसकिने समेत बताईन । त्यस्तै बैंक र सहकारीले दिने सेवाका बारेमा समेत बताईन ।

संस्थाका अध्यक्ष पम्फा न्यौपानेले संस्थाको कारोबार सानो भएपनि सदस्यलाई दिने सेवामा कुनै कमी नगरेको बताईन । वर्तमान् अवस्थामा पनि संस्थामा प्रयाप्त तरलता भएको बताउँदै अध्यक्ष न्यौपानेले ढुंकसँग बचत गर्न र आवश्यक परेको अवस्थामा कर्जा समेत लिन आग्रह गरिन् । संस्थामा २५ प्रतिशतभन्दा बढी तरलता रहेको समेत बताईन।

 

अभिलेख

लोकप्रिय