२३ कात्तिक २०८३, सोमबार

मकवानपुरे सहकारीको ६ बुँदे अठोट: पर्याप्त तरलता राख्नेदेखि सदस्य हितमा कार्य गर्नेसम्म

२०७९ फागुन १९, शुक्रबार
मकवानपुरे सहकारीको ६ बुँदे अठोट: पर्याप्त तरलता राख्नेदेखि सदस्य हितमा कार्य गर्नेसम्म

मकवानपुर : ६ बुँदे प्रतिवद्धतासहित सचिव जिल्ला भेला सम्पन्न भएको छ।

जिल्ला बचत तथा ऋण सहकारी संघ, मकवानपुरले आयोजना गरेको भेलामा जिल्लाका ७१ सहकारी संस्थाका सचिवको उपस्थिती रहेको थियो । भेलाले चुनौतीको सामना सामूहिक अवधारणासहित गर्ने र समस्यालाई आफैंबाट निराकरण गर्ने गरी ६ बुँदे प्रतिवद्धता जाहेर गरेका छन्।

May be an image of 7 people, people sitting and people standing

समसामयिक परिस्थितिमा संस्थाका समस्या तथा चुनौती, समस्याको दीर्घकालीन उपायहरु, सचिवको भूमिका, संस्थाका संभावित अनियमितताका छिद्रहरु, यसको पहिचान एवं समाधान गर्ने उपायसहितको कार्यपत्र संघका अध्यक्ष कल्पना श्रेष्ठ प्रस्तुत गरेकी थिईन ।

त्यस्तै संघका व्यवस्थापक सुमित्रा कुमारी वाईबाको संस्थागत जानकारी सहितको प्रस्तुती रहेको थियो ।

अभिलेख

लोकप्रिय