ज्योति मिर्मिरे सामूहिकको एकीकरण उत्सव: १८८ जेष्ठ सदस्यलाई वार्षिक भत्ता र स्वास्थ्य शिविर
पनौती (काभ्रे) : पनौती स्थित ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्थाले १० औं एकीकरण उत्सव मनाएको छ। सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष उद्धव सापकोटाको सभापतित्वमा शुक्रबार एकीकरण उत्सव मनाएको हो।
एकीकरण उत्सवको अवसरमा संस्थाले एक सय ८८ जना जेष्ठ सदस्यहरुलाई वार्षिक ५०० भत्ता सहित सम्मान गरेको छ। त्यस्तै संस्थाका उत्कृष्ट ऋणी, बचतकर्ता, २०७८ सालको एसईई परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने सदस्यसहित १७ जनालाई सम्मान गरेको छ ।
त्यसैगरी संस्थाले काठमाडौं मेडिकल कलेज (केएमसी) को प्राविधिक सहयोगमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। शिविरमा ३ सय ५३ जनाले स्वास्थ्य सम्बन्धी साधारण चेक जाँच, रगत परीक्षण, सुगर, प्रेसर, युरिक एसिड, आँखा सम्बन्धी सम्पूर्ण परीक्षण, गाइनो, भिडियो एक्सरे, ईसिजी परीक्षण गरेका थिए।

उक्त शिविरमा परीक्षण गर्न आउने सम्पूर्ण सदस्यहरुलाई संस्थाको पहलमा थप उपचारका लागि काठमाडौं मेडिकल कलेजले औषधी उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले जानकारी दिए।
ज्योति मिर्मिरे सामूहिक साकोस ‘दिगो र उत्कृष्ट वित्तिय सहकारी’ को परिकल्पना गरी समुदायमा आधारित संस्था हो। काभ्रे जिल्लाभर कार्यक्षेत्र रहेको संस्थामा १५ हजार ५ सय सेयर सदस्य तथा १ हजार ४ सय ८० बाल बचतकर्ता आवद्ध भएका छन्। संस्थाको कुल कारोबार १ अर्ब १० करोड भन्दा बढी रहेको छ।
सदस्य सेवालाई प्रतिस्पर्धी र अन्य संस्थाहरुको तुलनामा गुणस्तरीय बनाउनका लागि आधुनिक प्रविधिको अधिकतम् उपयोग गरी व्यवस्थित तथा पूर्ण व्यवसायिक ढंगबाट संस्थाको कारोबार सञ्चालन भएको प्रमुख दाहालले बताए।
कार्यक्रममा प्रमुख अतिथि घिमिरेले नेपालको अर्थतन्त्रमा सहकारीले पु¥याएको योगदानको चर्चा गरेका थिए।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
