सहकारी हकहित समाजको अध्यक्षमा गोविन्द गिरी
काठमाडौं : सहकारी हकहित राष्ट्रिय समाजको अध्यक्षमा गोविन्द गिरी निर्वाचित भएका छन्। समाजको आज सम्पन्न छैटौं तथा सातौं वार्षिक साधारण सभाले गिरीको अध्यक्षतामा सर्वसम्मन नयाँ कार्यसमिति चयन गरेको हो।
सभाबाट समितिको उपाध्यक्षमा सुशिल चौधरी, सचिवमा ऋषिराम ढकाल र कोषाध्यक्षमा हिरा बस्नेत चयन भएका छन्। यसैगरी मोहन मैनाली, केदार बाँस्कोटा र मानव के.सी सदस्यमा चयन भएका छन् ।
सभाको अध्यक्षता गर्दै अध्यक्ष अर्जुन खतिवडाले संचालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन तथा चालु आर्थिक वर्षका लागि प्रस्तावित कार्ययोजना पेश गरेका थिए।
समाजले सहकारी ऐन, कानुन, नीति नियमलाई सहकारीमैत्री बनाउन सरोकारवाला सरकारी कार्यालयका जिम्मेवार अधिकारी, विषय विज्ञ, सहकारी अभियन्ता र सहकारीकर्मीहरुको सहभागितामा समाजले छलफल तथा अन्तरक्रिया कार्यक्रम संचालन गरेको जानकारी गराए ।
नवनिर्वाचित अध्यक्ष गोविन्द गिरीले मुलुकको सहकारी अभियानमा देखिने विकृति र विसंगतिलाई न्यूनिकरण गर्दै अभियानलाई मर्यादित र व्यवस्थित बनाउन पहल गर्ने मूल उद्देश्यका साथ समाजको स्थापना गरिएको बताए ।
सहकारी अभियानको गुणात्मक विकास र सुशासन प्रवद्र्धन गर्न राज्य र सहकारी अभियानका बीचमा रहेर बहस पैरवी, अन्तरक्रिया, गोष्ठी, अध्ययन, अनुसन्धान लगायतका काम गर्ने उद्देश्यका साथ स्थापना भएको समाजले चालु आर्थिक वर्षमा साधारण सदस्य, आमन्त्रित सदस्य र मानार्थ सदस्य संख्या विस्तार गर्नुका साथै कोषको रकम पनि बृद्धि गर्ने लक्ष्य लिएको छ ।
संस्थालाई मार्गनिर्देश गर्ने व्यक्तिहरु मध्येबाट छनौट गरी सम्मान दिने कार्यक्रम तय गरेको समाजले भावी दिनमा नेपालको सहकारी अभियानमा लामो समयसम्म निष्ठापूर्वक सक्रिय अग्रज सहकारीकर्मीहरुलाई समेत सम्मान गर्ने लक्ष्य लिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
