तरलता संकट नबेहोरेको सहकारी ‘पोखरा रोयल’
कास्की : नेपाल मात्रै नभएर, संसारभर नै वित्तीय संकट छ । नेपालमा पनि यसको प्रभाव निकै परेको छ । मुलुकमा आएको आर्थिक मन्दीसँगै बैंक तथा वित्तीय संस्था तरलता संकटबाट गुज्रिरहेका छन् । यसको असर सहकारी क्षेत्रमा पनि छ।
तर समुदाय र सदस्य केन्द्रित सहकारीलाई पनि अवस्था सहज छ । कतिपय सहकारी संस्थाहरुमा अहिलेको परिस्थितिमा पनि पर्याप्त तरलता छ। त्यसको एक उदाहरण हो कास्की जिल्लामा रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड । आर्थिक मन्दीका बीचमा पनि संस्थामा प्रयाप्त तरलता छ । अहिलेको अवस्थामा पनि संस्थामा तरलता बढ्दै गएको छ।
असार महिनामा संस्थासँग १७.६६ प्रतिशत तरलता थियो । त्यस्तै साउन महिनामा १७.३० प्रतिशत, भदौ महिनामा १९.०१ प्रतिशत, असोज महिनामा १९.८२ प्रतिशत, कात्र्तिक महिनामा २०.७३ प्रतिशत तरलता संस्थासँग थियो । त्यस्तै मंसिर महिनामा २२.८६ प्रतिशत र पौष महिनामा २४.४८ प्रतिशत तरलता संस्थासँग थियो । माघ महिनामा संस्थामा २४.८० प्रतिशत तरलता छ।
पोखरा रोयल साकोसले तरलता अभावको समस्या कहिले पनि नबेहोरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भिम गुरुङ्ग बताउँछन् । कोभिड १९को समयमा तरलता बढी हुँदा संस्थालाई लगानीमा समस्या रहेको समेत सुनाए । त्यस समयमा संस्थाले ९ प्रतिशत ब्याजदरमा सदस्यलाई लगानी गरेको थियो।
सदस्यकेन्द्रित भएर अगाडी बढेको र संस्थाप्रति सदस्यको विश्वास कायम हुँदा तरलता समस्या नरहेको संस्थामा मुख्य प्रबन्धक मीलन ढकालले जानकारी दिए । संस्थाले लो स्प्रेड–रेटमा बचत ऋणको कारोबार गर्दै आएको छ । सहकारी ऐनले ६ प्रतिशत स्प्रेडरेट कायम गर्न भनेपनि संस्थाले ५ प्रतिशत भन्दा कममा कारोबार गर्दै आएको उनले बताए।
संस्थाले प्रकाशित गरेको माघ महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको सेयर पुँजी २१ करोड ६ लाख, जगेडा कोषमा १५ करोड ७३ लाख, विभिन्न कोषहरुमा ११ करोड ९८ लाख रुपैयाँ रहेको छ । संस्थाको कुल संस्थागत पुँजी १५ करोड ८८ लाख रुपैयाँ, बचत संकलन १ अर्ब ६७ करोड ७७ लाख, ऋण लगानी १ अर्ब ७८ करोड रुपैयाँ र कुल सम्पत्ती २ अर्ब २८ करोड ३२ लाख रुपैयाँ छ ।
संस्थामा ८ हजार ७ सय ७७ सदस्य आवद्ध छन्।
सात महिनाको अवधिमा तरलता अवस्था

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
नेचुरल साकोसद्वारा कर्मचारी क्षमता अभिवृद्धि तथा वार्षिक लक्ष्य हस्तान्तरण
२५ श्रावण २०८३, सोमबार
मानवीय सेवामा विकूको योगदान, एकैदिन ३१० पिन्ट रक्त संकलन
२५ श्रावण २०८३, सोमबार
बुडोल सामुदायिक साकोसका कर्मचारीलाई सीप र व्यावसायिकता विकास तालिम
२४ श्रावण २०८३, आईतवार