पोखरा रोयल बचतको अर्धवार्षिक समिक्षाः लक्षित योजनाको १२१% सम्म उपलब्धी
कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रम र बजेटको अर्धवार्षिक समिक्षा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङको अध्यक्षतामा भएको अर्धवार्षिक समिक्षा शुक्रबार सम्पन्न गरेको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले संस्थाको वित्तीय अवस्था, विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीमा संस्थाको वर्तमान योजना र रणनीति सहितका सम्भावित उपायहरुका बारेमा जानकारी सहितको प्रतिवेदन पेश गरेका थिए।
संस्थाले आर्थिक वर्षको ६ महिनाको अवधिमा अधिकांश लक्षित योजनाहरु हासिल गरेको छ । लक्ष्य अनुसार सदस्यता वृद्धि १२१ प्रतिशत, सदस्य शिक्षा ६० प्रतिशत, बचत वृद्धि १२० प्रतिशत हासिल गरेको छ । त्यस्तै प्रविधिको प्रयोग १०० प्रतिशत, ऋण जोखिम व्यवस्थापन सत प्रतिशत, कुल आम्दानी १०६ प्रतिशत, सञ्चालन बचत (नाफा) ७६ प्रतिशत र कुल सम्पत्ती वृद्धि १०० प्रतिशत हासिल गरेको मुख्य प्रवन्धक तथा सूचना अधिकारी मीलन ढकालले जानकारी दिए । त्यस्तै संस्थासँग लगानी योग्य रकम (तरलता) २५ प्रतिशत रहेको छ।

समिक्षा गोष्ठीमा संस्थाका सल्लाहकार डा. कालु शर्मा सुवेदी, उपाध्यक्ष क्याप्टेन चन्द्रप्रसाद गुरुङ्ग, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक हर्कबहादुर गुरुङ्ग र मुख्य प्रबन्धक मीलन ढकाल लगायतले संस्थाले लिएको रणनीति र योजना सफल बनाउन आ–आफनो तर्फबाट लागि पर्ने प्रतिवद्धता व्यक्त गरे।
रोयल दिदिबहिनी किचनको सभाहलमा सम्पन्न गोष्ठीमा संस्थाका सञ्चालक, लेखा तथा सुपरिवेक्षण समिति, सल्लाहकार, विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरु र अधिकृत स्तरका कर्मचारीहरुको उपस्थिति रहेको थियो।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
