मन्त्री राई भन्छन्, ‘सबै सहकारीलाई एउटै टोकरीमा राखेर नहेरौँ’
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सबै सहकारीलाई एउटै टोकरीमा राखेर हर्न नमिल्ने बताएका छन् । आइतबार आर्थिक मिडिया सञ्चालका संघ (इमान) ले आयोजना गरेको सहकारीको संकटका कारण र समाधानका उपाय विषय अन्तरक्रिया कार्यक्रममा मन्त्री राईले सबै सहकारी एउटै नभएको भन्दै सबैलाई एकै बास्केटमा राख्न नहुने बताएका हुन् ।
मन्त्री राईले सहकारीहरु खत्तम छन भन्ने कुरा गलत भएको भन्दै गल्ती गरेकाहरुलाई कारबाही गर्नु पर्ने बताए । केही लोभले गर्दा सहकारीमा अहिलेको अवस्था आएको भन्दै यस्ता कार्यहरुलाई रोक्नका लागि गलत गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्ने उनको भनाइ थियो । समस्या समाधानका लागि कार्यदल बन्ने काम मात्र हुने गरेको भन्दै कार्यदलले दिएको सुझावलाई कार्यान्वयन गर्नु पर्ने मन्त्री राईको दाबी थियो ।
त्यस्तै समस्या समाधानका विषयमा हुने अन्तरक्रिया कार्यक्रममा उठेका विषयहरु समाधानका लागि कतै बाट पनि आवाज नउठेको उनको भनाइ थियो । अहिले देशको अर्थतन्त्र कमजोर रहेको भन्दै सबै मिलेर अहिलेको समस्या समाधान गर्नु पर्ने उनको भनाइ थियो ।
‘गाउँगाउँमा सहकारीले आर्थिक परिचालनका लागि राम्रो काम गरेका छन् । तिनीहरूलाई हामीले प्रोत्साहन गर्नुपर्छ । समस्या छन् भने समाधानका लागि पहल गर्नु पर्छ,’ मन्त्री राइले भने । अहिले सहकारीमा देखिएका समस्या समाधानका लागि आफू सधै सकारात्मक रहेको नको भनाइ थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
