बैंकसरह कारोबार गर्दा सहकारीहरु समस्यामा : गाेपिनाथ मैनाली
काठमाडौं : नेपाल सरकारका पूर्वसचिव गोपिनाथ मैनालीले सहकारी संस्थाहरुले बैंकसरह काराेबार गर्दा समस्या निम्तिएको बताएका छन्।
कम्पनीका सञ्चालक नै सहकारीको सञ्चालक हुने र सहकारीको पैसा कम्पनीमा लगानी गर्ने गरेका कारण सहकारीमा समस्या बढेको उनकाे भनाइ थियाे । उनले कम्पनीका सञ्चालकलाई सहकारीबाट तत्काल निकाल्न आग्रह समेत गरे ।
आर्थिक मिडिया सञ्चालक संघ (इमान)ले आयोजना गरेकाे ‘सहकारीमा संकट : कारण र समाधान’ विषयक अन्तर्क्रियामा उनले सहकारीले ऐन, नियमअनुसार काम गर्ने हो भने अहिलेको समस्या स्वत: समाधान हुने स्पष्ट पारे ।
‘बढी समस्या नीति निर्माण तहमा हुने, कानुन नै तल-माथि गर्नसक्ने व्यक्ति सञ्चालक र सीईओ भएको संस्थामा छ,’ मैनालीले भने, ‘उनीहरुले नीति-नियम मानेर, घर-जग्गामा लगानी नगरेका भए समस्या आउने थिएन ।’
सहकारीले दिने लाभांश सरकारको ऋणपत्रअ नुसार हुने व्यवस्था गर्न पनि उनले सुझाव दिए । ‘लाभांशमा कडाइ गर्ने हो भने पनि समस्या समाधानमा सहयोग पुग्छ,’ मैनालीले भने, ‘अहिले पनि सहकारी संस्थाले उपल्लो तहका नेता, कर्मचारीलाई खादा लगाउने, देश-विदेश घुमाउने र सेलिब्रेसन गर्ने काम रोकिएको छैन, त्यो पैसा सदस्यको हो भन्ने भुल्न हुँदैन ।’
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
