२३ कात्तिक २०८३, सोमबार

सहकारीमा समस्या छैन, समस्या सहकारी नाममा गडबड गर्नेमा हो: रजिस्ट्रार

२०७९ फागुन १३, शनिवार
सहकारीमा समस्या छैन, समस्या सहकारी नाममा गडबड गर्नेमा हो: रजिस्ट्रार

काठमाडौं : सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीहरु समस्यामा नरहेको बताएका छन् । ‘जसले सहकारीलाई सहकारीकै रुपमा चलाएका छन् तिनीहरुमा समस्या छैन’, रजिष्ट्रार घिमिरे भने, ‘सहकारीको नाममा जसले गडबड गरेका ति संस्थाहरु मात्रै समस्यामा छन् ।’

ललितपुर स्थित हाम्रो बचत तथा ऋण सहकारी संस्थाको २५औं स्थापना दिवसको अवसरमा बोल्दै घिमिरेले सहकारीहरुमा सदस्यको बचत सुरक्षित रहेको बताउँदै हल्लाको पछि नलाग्न समेत अनुरोध गरे । जुन जुन सहकारीमा समस्या आएका छन् तिनिहरु ‘सहकारी’ नै नभएको समेत बताए । सहकारी नीति, नियम पालना गर्ने सहकारीहरु समस्यामा कहिल्यै नपर्ने समेत प्रष्ट पारे ।

सहकारी विभागमा परेका उजुरीहरु छानविन गर्दा तिनिहरु वास्तविक सहकारी नै नभएको उनको भनाई थियो। त्यस्तै रजिष्ट्रार घिमिरेले सहकारीमा जम्मा भएको बचतको स्रोत खोजिनीति समेत हुने बताए । रियलमा सहकारीमा सदस्य भएर, पसिना काडेर कमाएर सहकारीमा राखेको बचत नडुब्ने समेत प्रतिवद्धता जनाए ।

१/२ सहकारीका सञ्चालकलाई विदेश जान समेत रोक गरिएको समेत बताए ।

 

अभिलेख

लोकप्रिय