जुर्मुरायो जिल्ला सहकारी संघ पर्वत, अध्यक्षमा रेग्मी
पर्वत : जिल्ला सहकारी संघ लिमिटेड पर्वतको अध्यक्षमा पर्वतका शेषराज रेग्मी निर्विरोध निर्वाचित भएका छन्।
लामो समयदेखि निष्क्रिय रहेको संघको विशेष साधारणसभाले शेषराज रेग्मीको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा लाल बहादुर अधिकारी, सचिवमा ऋषिराम भुषाल र कोषाध्यक्षमा देवी क्षेत्री लामिछाने निर्वाचित भएका छन्।
त्यस्तै सदस्यहरुमा तारानाथ पाध्या, यज्ञप्रसाद शर्मा र गणेश बहादुर पुन मगर रहेका छन् । लेखा सुपरीवेक्षण समितिको संयोजकमा घनश्याम उपाध्याय तथा सदस्यहरुमा राजेन्द्र खड्का र धन बहादुर कुँवर चयन भएका छन् ।
लामो समयदेखि निष्क्रिय रहेको संघको विशेष साधारणसभाबाट निर्वाचित समितिले जिल्लाको सहकारी अभियानलाई एकतावद्ध बनाएर अगाडि बढाउने प्रतिवद्धता नवनिर्वाचित अध्यक्ष रेग्मीले गरेका छन् ।
साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु)ले गरेकी थिईन । सो अवसरमा बोल्दै उनले सहकारी अभियानलाई बचाउनका लागि सहकारीका सदस्यहरुलाई सहकारी सचेतनामा वृद्धि गर्नु पर्नेमा जोड दिईन।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारी अभियानलाई प्रभावकारी र सदस्यमैत्री बनाउनका लागि संघहरुको भूमिका बढाउन आवश्यक रहेको बताए । जिल्ला वचत तथा ऋण सहकारी संघ पर्वतका संस्थापक अध्यक्ष गोविन्द पहाडीले जिल्ला सहकारी संघ क्रियाशिल नहुदा पर्वतको सहकारी अभियान ओझेलमा परेको चर्चा गर्दै आगामी दिनमा सक्रिय भएर अगाडि बढ्न सुझाव दिए।
कुश्मा नगरपालिका सहकारी शाखाका प्रमुख ऋषिराम शर्माले कुश्मा नगरपालिका भित्रका सहकारीको संस्थागत विकास र सुशासनका लागि नगरपालिकाले राष्ट्रिय सहकारी बैंक लगायतका निकायहरुसंग समन्वय गर्दै अगाडि बढेको बताए।
कार्यक्रम जिल्ला सहकारी संघ पर्वतका प्रतिनिधि तथा राष्ट्रिय सहकारी महासंघ गण्डकी प्रदेश समन्वय उपसमितिका सदस्य देवी क्षेत्री लामिछानेको अध्यक्षता, जिल्ला वचत तथा ऋण सहकारी संघ पर्वतका अध्यक्ष शेषराज शर्माको स्वागत र सचिव ऋषिराम भुषालको सञ्चालनमा सम्पन्न भएको थियो।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
