जनसचेतन बचतको सेवा अब काठमाडौंबाट पनि
काठमाडौं : जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले काठमाडौंमा सेवा केन्द्र स्थापना गरेको छ । दोलखाको बैतेश्वर गाउँपालिका–५ काब्रेमा मुख्य कार्यालय रहेको संस्थाले काठमाडौंको जडीबुटी चोकमा सेवा केन्द्र स्थापना गरेको हो ।
काठमाडौं बस्ने सेयर सदस्यहरुको माग अनुसार सेवा केन्द्र स्थापना गरिएको संस्थाले जनाएको छ । संस्थाका १५ हजारभन्दा बढी सदस्यहरु काठमाडौंमा विभिन्न पेशा तथा व्यवसाय गर्दछन् । शनिबार एक कार्यक्रमको बीच राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले कार्यालयको उद्घाटन गरे ।

संस्थाका अध्यक्ष हेमन्त चौलागाईले सदस्यहरुको निकै लामो समयदेखिको मागलाई पूरा गर्न सफल भएको बताए । ‘अब काठमाडौं बस्ने सदस्यहरुले वित्तीय कारोबार गर्न पाउने कुरा सार्वजनिक गर्न पाउँदा खुशी लागेको छ’, उनले भने ।
कार्यक्रममा बागमती प्रोस्कूनका महासचिव जीवसराज खड्का, संस्थाका संस्थापक अध्यक्ष यज्ञराज ढुंगेल, पूर्व सिईओ कृष्ण कुमार श्रेष्ठ लगायतको आथिथ्यता रहेको थियो ।

२०७९ माघ मसान्तसम्म संस्थाको सेयर पुँजी १६ करोड ५३ लाख २३ हजार रुपैयाँ रहेको छ। त्यस्तै जगेडा कोषमा १७ करोड १४ लाख रुपैयाँ, कुल बचत १ अर्ब ५४ करोड, संस्थागत पुँजी १७ करोड ३१ लाख, विभिन्न कोषहरु १० करोड २१ लाख रुपैयाँ रहेको छ । त्यस्तै संस्थाले १ अर्ब ८८ करोड रुपैयाँ लगानी गरेको छ । संस्थामा २७ हजार ५ सय ३२ जना आवद्ध छन् । संस्थामा १३.७६ प्रतिशत तरलता रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
