सहकारीलाई संकटमा जोगाउने सदस्यहरुले नै हुन्: जिसी
म्याग्दी : राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक हुमा कुमारी जिसी (अञ्जु) सहकारी व्यवसायबाट सदस्यहरुलाई आर्थिक तथा सामाजिक रुपमा सक्षम बनाउनका लागि सदस्य शिक्षा र व्यावसायिकतामा जोड दिनु पर्ने बताएकी छिन् ।
बेनी नगरपालिका वडा नं. २ मा सञ्चालित राधाकृष्ण कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको दुई दिने सहकारी शिक्षा कार्यक्रममा सहजीकरण गर्दै जिसी भनिन्, ‘सहकारी सदस्यको सक्रिय सहभागितामा सञ्चालन हुने व्यवसाय हो । सहकारीलाई संस्थागत रुपमा बलियो, सुशासनयुक्त र व्यावसायिक रुपमा सञ्चालनका लागि सहकारी शिक्षासंगै उद्यमशिलताका विषयमा सचेत बनाउनु पर्दछ ।’
जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष समेत रहेकाी जिसीले सहकारीलाई राम्रो बनाउने मात्रै होइन, संकटमा जोगाउने पनि सदस्य हुन भन्ने कुरा बुझेर सदस्यको हितमा हुने कार्यक्रम सञ्चालन गर्न सञ्चालकहरुले ध्यान दिनु पर्ने बताईन ।
कृषि सहकारीहरुले सदस्यलाई उत्पादनमा केन्द्रीत गराउने, उनीहरुले उत्पादन गरेको वस्तु संकलन, भण्डारण, बजारीकरण र प्रशोधनका लागि स्थानीय तह लगायत सरोकारवालाहरुसंग समन्वय गरेर काम गर्नु पर्नेमा जोड दिईन ।
माघ २८ गते बेनी नगरपालिका वडा नं. २ भकुण्डे र २९ गते विरायचौरमा सञ्चालित तालिममा सहकारीका सदस्यहरुको काम कर्तव्य र अधिकार, सहकारीको संस्थागत विकासमा शेयर सदस्य, सञ्चालक र कर्मचारीको भूमिका, वित्तीय साक्षरता र सहकारी ऐन तथा नियमावलीमा भएका मुख्य विषयहरुको बारेमा महासंघका सञ्चालक जिसीले सहजीकरण गरेकी थिईन ।
तालिम उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष सोभित शर्माको अध्यक्षता, उपाध्यक्ष भिम बहादुर पौडेलको स्वागत र सचिव तेजेन्द्र कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।
तालिम समापन कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष भद्र बहादुर कार्कीले सहकारीलाई प्रभावकारी रुपमा सञ्चालनका लागि सदस्य शिक्षा आवश्यक रहेको र संस्थाले नियमित रुपमा सदस्यहरुलाई सचेतना प्रदान गर्दै आइरहेको बताए ।
भकुण्डे र विरायचौरमा सञ्चालित तालिममा संस्थाका १ सय ५० जना शेयर सदस्यको सहभागिता रहेको थियो । संस्थाले सदस्यहरुको उत्पादन संकलन र बजारीकरणसंगै वचत तथा ऋण लगायत सामाजिक क्रियाकलाप गर्दै आएको सचिव तेजेन्द्र कार्कीले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
