२३ कात्तिक २०८३, सोमबार

सहकारीको बचतमा अंकुश लगाउने तयारी, व्यक्तिगत बचतको सीमा बढीमा २५ लाख

२०७९ माघ २७, शुक्रबार
सहकारीको बचतमा अंकुश लगाउने तयारी, व्यक्तिगत बचतको सीमा बढीमा २५ लाख

काठमाडौं : सहकारी संस्थामा बचतको सीमा लगाउने गरी सरकारले कानुन निमार्ण गरेको छ । सहकारी संस्थामा २५ लाख रुपैयाँ नबढ्ने गरी मात्र बचत गर्न पाउने गरी कानुन सरकारले बनाएको छ ।

कानुन न्याय तथा संसदीय मन्त्रालयले शुक्रबार संसदमा दर्ता गरेको ‘सम्पत्ति शुद्धीकरण(मनी लाउन्ड्रिङ) निवारण तथा व्यवसायिक वातावरण प्रबद्र्धन सम्बन्धी केही ऐनलाई संसोधन गर्न बनेको विधेयक २०७९’ मा २५ लाख रुपैयाँ नबढ्ने गरी मात्र बचत गर्न पाउने व्यवस्था गरिएको छ ।

सहकारी ऐन २०७४ को दफा ५२ मा रहेको ‘व्यक्तिगत बचतको सिमा’भन्ने शव्दहरुको सट्टा ‘व्यक्तिगत बचतको सिमा २५ लाख रुपैयाँ नबढ्ने गरी’ भन्ने शब्दहरु राखिएको छ । सहकारी ऐन २०७४ को दफा ५२ मा संस्थामा सदस्यको व्यक्तिगत बचतको सीमा सम्बन्धीत संस्थाको विनियममा तोकिए बमोजिम हुने भनिएको छ । यो व्यवस्थालाई हटाएर व्यक्तिगत बचतको सीमा २५ लाख रुपैयाँ नबढ्ने गरी राख्न लागिएको हो ।

विधेयकमा हाल कायम रहेको बचत भने सो दफा कार्यान्वयन भएको मितिले ५ वर्षभित्रमा व्यक्तिगत बचत २५ लाख रुपैयाँमा झारिसक्नुपर्ने व्यवस्था पनि सोही दफामा गरिएको छ ।

 

अभिलेख

लोकप्रिय