२३ कात्तिक २०८३, सोमबार

श्री मित्रता सहकारी र फेवा सिटी बीच सम्झौता, सदस्य र सदस्यको परिवारको उपचारमा छुट

२०७९ माघ २७, शुक्रबार
श्री मित्रता सहकारी र फेवा सिटी बीच सम्झौता, सदस्य र सदस्यको परिवारको उपचारमा छुट

पोखरा : श्री मित्रता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र फेवा सिटी हस्पिटल बीच सेवा प्रवाहमा छुट दिने सम्झौता भएको छ ।

अब श्री मित्रता सहकारीमा आवद्ध सदस्य र सदस्यको परिवारको उपचार, औषधी खरिद, ल्याब टेस्ट लगायतमा फेवा सिटी हस्पिटलले छुट दिने भएको छ ।

सम्झौता पत्रमा सहकारीको तर्फबाट अध्यक्ष जयन्ती मोक्तान र हस्पिटलको तर्फबाट नारायण प्रसाद शर्माले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ओपिडी टिकट बाहेकको सेवामा १० प्रतिशत छुट र औषधीमा ५ प्रतिशत छुट सहकारीका सदस्य र सदस्यका परिवाले पाउने छन् ।

सम्झौता २०७९ माघ २६ गतेबाट लागू भई ४ वर्षसम्मको लागि मान्य हुनेछ । सम्झौता कार्यक्रममा संस्थाका उपाध्यक्ष पूर्णकुमार श्रेष्ठको समेत उपस्थिती रहेको थियो ।

यस अघि संस्थाले बेतले बेकरी हाउसबीच पनि सम्झौता गरेको थियो । सहकारीमा आबद्ध सदस्यहरुलाई केक खरिदमा २० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको थियो ।

त्यस्तै सहकारीले बगैंचा स्पासँग पनि सम्झौता गरेको छ । सहकारी संस्थाका सदस्यहरुलाई बाईक, स्कूटर कार वास तथा रेष्टुरेन्टमा १५ प्रतिशत प्रतिशत छुट हुने गरी सम्झौता गरेको थियो ।

अभिलेख

लोकप्रिय