२३ कात्तिक २०८३, सोमबार

तेस्रो सहकारी महासम्मेलनको लागि रजिष्ट्रेशन खुला, खल्ती एपबाट पनि रजिष्ट्रेशन गर्न सकिने

२०७९ माघ २२, आईतवार
तेस्रो सहकारी महासम्मेलनको लागि रजिष्ट्रेशन खुला, खल्ती एपबाट पनि रजिष्ट्रेशन गर्न सकिने

काठमाडौं : तेश्रो सहकारी महासम्मेलनको लागि रजिष्ट्रेशन खुला भएको छ ।

राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा हुने महासम्मेलन चैत २३ देखि २५ गतेसम्म काठमाडौंमा हुँदैछ । काठमाडौंको याक एण्ड यति होटलमा गर्न लागिएको सम्मेलनमा खल्ती एपमार्फत पनि रजिष्ट्रेशन गर्न सकिने व्यवस्था आयोजकले गरेको छ ।

दोस्रो सहकारी महासम्मेलनले दिएका सुझावहरूको समिक्षा सहित सहकारीको वर्तमान अवस्था तथा भावी योजनाहरू उपर अर्थपूर्ण प्रस्तुती, कार्य योजना एवं कार्यपत्र प्रस्तुत, विज्ञ व्यक्तीहरूमाझ प्यानल छलफल, अन्र्तक्रियाबाट दिगो सहकारी अभियानका लागि स्वनियमन र सुशासन उपर बृहद छलफल एवं निष्कर्ष निकाल्ने र सन २०३० सम्मको नेपालको सहकारी अभियानलाई दिशा निर्देश गर्ने उद्देश्य राखिएको महासंघकी महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बाले जानकारी दिइन् ।

यसअघि सन् २०१८ अप्रिल ४ र ५ मा काठमाडौंमा ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’भन्ने थिमका साथ दोस्रो महासम्मेलन गरिएको थियो । दोस्रो महासम्मेलनका लागि भने सहकारी दिगोपनाका लागि स्वनियमन र सुशासन भन्ने थिम तय गरिएको छ ।

यसअघि सम्पन्न दोस्रो सहकारी महासम्मेलनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र गरिवी न्यूनीकरणमा आफ्नो क्षेत्रको भूमिका बढाउनेलगायतका विषयहरु समेटेर १० बुँदे घोषणापत्र जारी गरेको थियो ।

अभिलेख

लोकप्रिय