२३ कात्तिक २०८३, सोमबार

कास्कून निर्वाचनमा नयाँ ‘ट्विस्ट’ : सम्पूर्णको उम्मेदवारी फिर्ता र पुन: प्रक्रिया

२०७९ माघ १७, मङ्गलबार
कास्कून निर्वाचनमा नयाँ ‘ट्विस्ट’ : सम्पूर्णको उम्मेदवारी फिर्ता र पुन: प्रक्रिया

काठमाडौं : काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) को निर्वाचनले नयाँ मोड लिने भएको छ ।

स्रोतका अनुसार सम्पूर्ण उम्मेदवारको उम्मेदवारी फिर्ता गराई नयाँ प्रक्रियामा जाने गरी सहमती गरेका छन् । पुनः निर्वाचन प्रक्रियामा जानको लागि नेकपा एमाले, नेपाली कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र र राप्रापा निकट सहकारीकर्मी सहमत भएका छन् ।

आफ्नो आफ्नो पार्टीको तर्फबाट परेको उम्मेदवारी फिर्ता लिने र भागबण्डाको आधारमा पुनः उम्मेदवारी दर्ता गराउने रणनीति अपनाएको स्रोतको दाबी छ ।

पार्टीभन्दा बाहिरबाट परेको उम्मेदवारीलाई जसरी हुन्छ फिर्ता गराउने रणनीतिमा सहकारीका नेताहरु लागि परेका छन् । स्वतन्त्र रुपमा ८ जनाको उम्मेदवारी परेको छ । जसरी भएपनि उनीहरुको उम्मेदवारी फिर्ता गराउन सहकारी तथा पार्टीका ठुलै नेताहरु लागि परेका छन् । भोली बेलुकासम्म सम्पूर्ण उम्मेदवारी फिर्ता गराई नयाँ प्रक्रियामा जाने स्रोतको भनाई छ ।

यस अघिको निर्वाचनमा अध्यक्षको उम्मेदवारको नक्कली हस्ताक्षर गरी उम्मेदवारी फिर्ता एमाले निकटका सहकारीकर्मीले गरेका थिए । उक्त विवाद अदालतसम्म पुगेको थियो ।

प्रमुख राजनीतिक निटकका सहकारीकर्मी बीच पदिय बाँडफाँड समेत टुंगो लगाई सकेको स्रोतको दाबी छ । नेकपा एमालेले अध्यक्ष, महिला उपाध्यक्ष, सचिव, १ जना सञ्चालक र १ लेखा समिति सदस्य पाउने गरी सहमती भएको छ । त्यस्तै नेपाली कांग्रेसले महासचिव, कोषाध्यक्ष, २ जना सञ्चालक र लेखा संयोजक पाउने भएको छ ।

त्यस्तै माओवादीले ३ जना सञ्चालक र १ जना लेखा सदस्य पाउने सहमती भएको छ भने एकीकृत समाजवादीले वरिष्ठ उपाध्यक्ष र २ जना सञ्चालक पाउने भएको छ । त्यस्तै राप्रपालाई एक जना सञ्चालक दिने गरी सहमती भएको बुझिएको छ ।

अभिलेख

लोकप्रिय