कास्कून निर्वाचन : उम्मेदवारी फिर्ता समय थपियो
काठमाडौं : काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) को निर्वाचन कार्यतालिका पुनः हेरफेर गरिएको छ । आज (१७ गते) बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ता समय तोकिएको भए पनि पुनः समय थप गरिएको छ ।
सञ्चालक समितिको बैठकले १ दिन उम्मेदवारी फिर्ता समय थप गर्ने निर्णय गरी समय थप गरिएको हो । सञ्चालक समितिको लिखित पत्राचारपछि निर्वाचन समितिले उम्मेदवारी फिर्ता समय भोली (१८ गते) बेलुका ४ बजेसम्मको लागि तोकिएको छ ।
यस अघि पुष ३० गतेका लागि निर्वाचन कार्यक्रम तय भएको थियो । पुष २८ गते बसेको सञ्चालक समितिको बैठकले माघ २१ गतेलाई निर्वाचन सारेको थियो । तर, कास्कूनमा राजनीति दल हाबी हुँदा समयै निर्वाचन हुन सकेन । यस अघिको निर्वाचनमा पनि चरम राजनीतिक भएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
