२३ कात्तिक २०८३, सोमबार

सदस्यसँग ज्योतिपुञ्ज सहकारीको अन्तरक्रिया, यस्तो छ संस्थाको वित्तीय अवस्था

२०७९ माघ १५, आईतवार
सदस्यसँग ज्योतिपुञ्ज सहकारीको अन्तरक्रिया, यस्तो छ संस्थाको वित्तीय अवस्था

काठमाडौं : नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाले सहकारी शिक्षा तथा अन्तरक्रिया शनिबार सम्पन्न गरेको छ । गोठाटार सेवा केन्द्र अन्तर्गतका सदस्यहरुका लागि आयोजना गरेको सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रमको अध्यक्षता संस्थाका सचिव तथा शिक्षा उप समितिका संयोजक संगित प्रधानले गरेका थिए । कार्यक्रममा बागमती प्रदेश सरकारका सहकारी रजिष्ट्रार नारायण प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संस्थाका गतिविधि तथा जानकारी सहितको प्रस्तुति प्रमुख कार्यकारी अधिकृत नवराज कार्कीले गरेका थिए । कार्यक्रममा एक सय ९२ जना सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रमुख अतिथि ज्ञवालीले स्व अनुसाशन, स्व नियन्त्रण र स्व नियमनमा सञ्चालन भएका संस्थाहरु कहिले पनि समस्यामा नपर्ने बताए । त्यस्तै सहकारी संस्थामा सदस्यहरुको भूमिका र सञ्चालक तथा व्यवस्थापनको भूमिकाका बारे प्रष्ट पारेका थिए ।

सदस्यहरुलाई संस्थाको वित्तीय अवस्थाबारे जानकारी गराउँदै प्रमुख कार्यकारी अधिकृत कार्कीले ३ हजार ७ सय ३० जना सदस्यहरु आवद्ध भएको बताए । त्यस्तै शेयर पूँजी ९ करोड ४ लाख ३५ हजार २ सय रुपैयाँ, कुल बचत १ अर्ब ८ करोड ६७ लाख ८७ हजार ४ सय रुपैयाँ, कुल ऋण लगानी १ अर्ब ३० करोड १० लाख ८१ हजार ४ सय रुपैयाँ, जगेडा कोष १० करोड १२ लाख ५७ हजार २ सय रुपैयाँ, संस्थागत पूँजी ११ करोड ५ लाख ३० हजार ६ सय रुपैयाँ रहेको जानकारी गराए । त्यस्तै संस्थासँग लगानी योग्य रकम (तरलता) १७ करोड १७ लाख ७१ हजार ५ सय रुपैयाँ (१५.८० प्रतिशत) रहेको छ भने कुल सम्पत्ती १ अर्ब ६३ करोड ६८ लाख ३९ हजार २ सय रुपैयाँ छ ।

कार्यक्रममा सदस्यहरुले सल्लाह, सुझाव समेत दिएका थिए । सदस्यहरुबाट आएको उचित सल्लाह, सुझावलाई कार्यान्वयनमा लैजाने समेत संस्थाले प्रतिवद्धता जनाएको छ ।

कार्यक्रममा संस्थाका शिक्षा उप समितिका सदस्य तिलकराज बुढाथोकीले स्वागत मन्तव्य राखेका थिए ।

अभिलेख

लोकप्रिय